शुक्रबार, ३० अक्टोबर २०२६

पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरीले नियन्त्रणमा लिएका पत्रकारहरू तत्काल रिहा गर्न निर्देशन दिएका छन्।

शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न मिडियामा कार्यरत पत्रकारहरूलाई पक्राउ गरेको थियो। सादा पोशाकमा खटिएका प्रहरीले ‘माथिको आदेश’ भन्दै पक्राउ गरेका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

पत्रकारहरूलाई पक्राउ गर्नेबारे प्रधामन्त्री कार्यालयको कुनै संलग्नता नरहेको र यसबारे कुनै पूर्वजानकारी नभएको प्रधानमन्त्रीकी प्रेस संयोजक दीपा दाहालले बताइन्।

दाहालले भनेकी छन्–

पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ।

उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!