शुक्रबार, ३० अक्टोबर २०२६

सरकारी वकिलको कार्यालयले माग्यो विचौलिया इनमसँग न्यायाधीशहरूले भेटवार्ता गरेको हिमालय होटलको सीसीटीभी फुटेज

News Image
• • •

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल र विचौलिया इनम सापकोटाबीचको च्याट बाहिरिएसँगै न्यायाधीशहरूले विचौलिया भेटेको होटलको सीसीटीभी फुटेजको खोजी सुरु भएको छ।

न्यायाधीश फुयालले न्यायालयको आचारसंहिता विपरित अन्य न्यायाधीशहरूसहित विचौलिया भेट्न गएको बाहिरिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीसँग होटलको सीसीटीभी फुटेज मागेको हो।

सरकारी वकिलको कार्यालय काठमाडौं स्रोतका अनुसार प्रहरीले फुटेज उपलब्ध गराइसकेको छैन। फुयालको ७ जनाको न्यायाधीश टोलीमा यसअघि प्रधानन्यायाधीश बन्ने लाइनमा रहेर बन्न नपाएका केही न्यायाधीशहरूसमेत रहेको स्रोतबाट जानकारी पाएको सरकारी वकिल कार्यालय स्रोतले बतायो।

रास्वपा सांसद यज्ञमणि न्यौपानेले पनि न्यायाधीशहरू लाइन लाएर होटलमा विचौलिया भेट्न जानु लज्जास्पद विषय रहेको भन्दै फुटेज सार्वजनिक गर्न माग गरेका छन्।

केही रास्वपा सांसदहरूले यस विषय संसदमा छलफल गर्नुपर्ने खालको भएकोले संसद अधिवेशन आह्वान गर्नसमेत माग गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!