 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                आफूलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ‘नजिकको मान्छे’ बताउँदै भारत र नेपालका व्यापारीहरूलाई धम्क्याउँदै करोडौं रकम उठाएर फरार व्यक्तिलाई पक्राउ गरी काठमाडौं ल्याइएको छ।
व्यापारीहरूबाट ठगेको करोडौं नतिरी फरार भएका ‘नामुद ठग’ हुन् बलराम ढकाल। उनलाई नेपाल प्रहरीको विशेष टोलीले वैशाख ८ गते सोमबार ठगीसम्बन्धी कसुरमा पक्राउ गरेको हो।
उनीविरुद्ध काठमाडौं प्रहरीले चेक बाउन्स मुद्दामा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार ढकालले व्यापारीहरूसँग बिना भुक्तानी भारतबाट सामान मगाउने गरेका थिए। कारोबार करौडौंको भएपछि उनी फरार भएका थिए।
नेपाल तथा भारतका व्यापारीहरूबाट उनले झण्डै ५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ। पैसा माग्दा उल्टै आफूलाई पार्टीको कार्यकर्ता भन्दै धम्की दिने गरेको व्यापारीहरू बताउँछन्।
राजनीतिक पहुँचको बलमा ठगीमा संलग्न ढकालले आफूलाई प्रचण्डको नजिकको मान्छे भन्दै भुक्तानी लिन आएका मान्छेहरूलाई गुण्डा लगाएर कुटपिट गर्ने गरेको उनीहरू बताउँछन्।
ढकाल दुई वर्षदेखि फरार थिए। यद्यपि फरार अवस्थामै रहेका बेला केही हप्ताअघि माओवादीको जागरण अभियानका क्रममा नवलपरासी पुगेका प्रचण्डलाई स्वागत गर्दै उनै ठग बलराम ढकालले फेसबुकमा प्रचण्डसँगको तस्बिर पनि सार्वजनिक गरेका थिए।

ढकालविरुद्ध ०७९ सालदेखि नै ठगी कसुरमा उजुरीहरू पर्न थालेका थिए। ०८१ साल साउन १४ गते नवलपरासी जिल्ला अदालतले ठगीसम्बन्धी कसुरमा उनलाई पक्राउ पूर्जी जारी गरेको थियो।
त्यसयता उनी फरार थिए। फरार अवस्थामा रहेका बेला उनी नेपाल र भारतका विभिन्न स्थानमा लुक्दै आएका खुलेको छ। उनले भारतको भारतको आधार कार्डसमेत लिएका खुलेको छ। उनले भारतमा विजय शर्माको नाममा आधार कार्ड लिएका थिए।

उनीविरुद्ध अदालतबाट ७ दिनको म्याद लिइ काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीबाट अन्य मानिसहरू पनि ठगिएको हुनसक्ने भन्दै प्रहरीले कोही पीडित भए उजुरी दिन अनुरोधसमेत गरेको छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया