शनिबार, २६ सेप्टेम्बर २०२६

गगनले गणेश लामालाई दिए स्वयंसेवक व्यवस्थापनको जिम्मेवारी, भूपु प्रहरी र सेना सदस्य

News Image
• • •

नेपाली कांग्रेसले आगामी १६ असोजदेखि हुन लागेको पार्टीको १५ औं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ।

सभापति गगनकुमार थापाको संयोजकत्वमा शुक्रबार महाधिवेशन केन्द्रीय निर्देशन समिति बनाइएको हो। त्यस्तै महाधिवेशन सञ्चालनका लागि अन्य समितिहरू गठन गरी त्यसको संयोजक र सदस्यहरू तोकिएको छ।

पार्टीले केन्द्रीय सदस्य गणेश लामालाई स्वयंसेवक व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी दिएको छ। समितिको सदस्यमा भूपू सैनिक संघ तथा भूपू प्रहरी संघका अध्यक्ष छन्।

विगतमा निवर्तमान सभापति शेरबहादुर देउवाको कित्तामा उभिएका लामा हालै १४औं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरूलाई गगन थापा नेतृत्वको केन्द्रीय समितिमा मनोनीत गरेपछि कित्ता परिवर्तन गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!