बिएल संवाददाता
आफूलाई पार्टीको मान्छे बताउँदै भारत र नेपालका व्यापारीहरूलाई धम्क्याउँदै करोडौं रकम उठाएर फरार एकव्यक्ति पक्राउ परेका छन्।
व्यापारीहरूबाट उठाएको रकम नतिरी फरार भएका ‘नामुद ठग’ बलराम ढकाललाई नेपाल प्रहरीको विशेष टोलीले वैशाख ८ गते सोमबार ठगीसम्बन्धी कसुरमा पक्राउ गरेको हो। ढकाल दुई वर्षदेखि फरार थिए।
प्रहरीका अनुसार ढकालले व्यापारीहरूसँग बिना भुक्तानी भारतबाट सामान मगाउने गरेका थिए। कारोबार करौडौंको भएपछि उनी फरार भएका थिए। नेपाल तथा भारतका व्यापारीहरूबाट उनले झण्डै ५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ।
पैसा माग्दा उल्टै आफूलाई पार्टीको कार्यकर्ता भन्दै धम्की दिने गरेको व्यापारीहरू बताउँछन्।
ढकालविरुद्ध ०७९ सालदेखि नै ठगी कसुरमा उजुरीहरू पर्न थालेका थिए भने ०८१ साल साउन १४ गते नवलपरासी जिल्ला अदालतले ठगीसम्बन्धी कसुरमा उनलाई पक्राउ पूर्जी जारी गरेको थियो।
उनीविरुद्ध अनुसन्धान थालिसकेको र अन्य व्यक्तिहरू पीडित भए उजुरी दिन प्रहरीले आग्रह गरेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया