बिएल संवाददाता
आफूलाई पार्टीको मान्छे बताउँदै भारत र नेपालका व्यापारीहरूलाई धम्क्याउँदै करोडौं रकम उठाएर फरार एकव्यक्ति पक्राउ परेका छन्।
व्यापारीहरूबाट उठाएको रकम नतिरी फरार भएका ‘नामुद ठग’ बलराम ढकाललाई नेपाल प्रहरीको विशेष टोलीले वैशाख ८ गते सोमबार ठगीसम्बन्धी कसुरमा पक्राउ गरेको हो। ढकाल दुई वर्षदेखि फरार थिए।
प्रहरीका अनुसार ढकालले व्यापारीहरूसँग बिना भुक्तानी भारतबाट सामान मगाउने गरेका थिए। कारोबार करौडौंको भएपछि उनी फरार भएका थिए। नेपाल तथा भारतका व्यापारीहरूबाट उनले झण्डै ५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ।
पैसा माग्दा उल्टै आफूलाई पार्टीको कार्यकर्ता भन्दै धम्की दिने गरेको व्यापारीहरू बताउँछन्।
ढकालविरुद्ध ०७९ सालदेखि नै ठगी कसुरमा उजुरीहरू पर्न थालेका थिए भने ०८१ साल साउन १४ गते नवलपरासी जिल्ला अदालतले ठगीसम्बन्धी कसुरमा उनलाई पक्राउ पूर्जी जारी गरेको थियो।
उनीविरुद्ध अनुसन्धान थालिसकेको र अन्य व्यक्तिहरू पीडित भए उजुरी दिन प्रहरीले आग्रह गरेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया