बिएल संवाददाता
नेपाली सेनासँग समानान्तर गतिविधिको झल्को दिने विवादित ग्रिन आर्मीको दर्ता खारेज भएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफा मुलक संस्थाका रुपमा दर्ता भएको संस्थाले भोटेकोशी त्रिशुली बाढीपछि फिल्डमा सैनिक जस्तो पोशाकमा जनशक्ति उतारेपछि विवादमा तानिएको थियो।
दर्ता खारेज भएसँगै संस्थाको गतिविधिमा स्वतः प्रतिबन्ध लागेको छ। अब संस्थाले ग्रिन आर्मीको नाममा कुनै गतिविधि गर्न पाउने छैन। र आर्मीको झल्को दिने पोशाक लगाउन पाउने छैन।
कम्पनी रजिष्ट्रार कार्यालय स्रोतका अनुसार कार्यालयले आर्मी शब्द राखेको संस्थालाई दर्ता अनुमति दिएपछि ड्रेसबारे कुनै अनुमति दिइएको थिएन। स्रोतका अनुसार सैनिकको जस्तै पोशाक लगाउने अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौं र सामाजिक काम गर्ने गरी समाज कल्याण परिषदमा आबद्ध भएको पाइएको छ।
यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने तत्कालीन अवस्थामा रक्षा र गृह मन्त्रालयको अनुमतिमा ग्रिन आर्मी नामको संस्थालाई नेपाली सेनाको झल्को दिने खालको हरियो प्यारामिलिटरी पोसाक, दर्ज्यानी चिह्न र तहहरू रहने गरी अनुमति दिइएको दाबी गरेको छ।
कार्यालय स्रोतका अनुसार कुन आधारमा अनुमति दिइयो भन्नेबारे अनुसन्धान भइरहेको छ। समाज कल्याण परिषद्ले भने संस्थाको दर्ता खारेजीको विषयमा बोलेको छैन। परिषद् स्रोतका अनुसार हालसम्म दर्ता खारेज भएको जानकारी छैन।
यो विवादित संस्थाको प्रमुख सल्लाहाकार नेपाल प्रहरीका पूर्वमहानिरिक्षक सर्वेन्द्र खनाल हुन्।
ग्रिन आर्मीले आफ्नो मुख्य उद्देश्य विद्यालय तहका विद्यार्थीलाई वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्राथमिक उपचार र विपद् व्यवस्थापनसम्बन्धी तालिम दिनू र परिचालन गर्नु रहेको जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया