बिएल संवाददाता
रसुवा बाढीपीडितका लागि सहयोग गर्ने भन्दै बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको रकम भुक्तानी हुन नसक्ने अवस्थामा रहेको पाइएको छ।
गुठी व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्का ‘रमेश’को हस्ताक्षर रहेको चेकमा भएको हस्ताक्षर बैंकको अभिलेखअनुसार आधिकारिक नभएको प्रभु बैंकले जनाएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने भनेर समितिले ११ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको थियो।
प्रभु बैंकको बागलुङ शाखामा रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिको खाता ०६०००८७०२६७०००११ बाट रकम भुक्तानीका लागि आवश्यक हस्ताक्षर प्रक्रियाअनुसार उक्त चेक जारी नभएको बैंकको भनाइ छ।
रामबहादुर खड्काको हस्ताक्षर खातामा मान्य छैन
बैंकका अनुसार उक्त खाता सञ्चालनका लागि हालसम्म भूपेन्द्र खड्काको अनिवार्य हस्ताक्षर आवश्यक छ। त्यसबाहेक सचिन खड्का र अर्जुन खड्कामध्ये एक जनाको हस्ताक्षर हुनुपर्ने व्यवस्था रहेको बैंकले जनाएको छ।
तर, खातामा आधिकारिक हस्ताक्षरकर्ताका रूपमा नरहेका अध्यक्ष रामबहादुर खड्काले हस्ताक्षर गरेको चेकबाट रकम भुक्तानी हुन नसक्ने अवस्था देखिएको हो।
रास्वपा सांसदको पहलमा अर्थमन्त्रीसँग भेट
उक्त चेक करिब तीन दिनअघि बागलुङ–१ बाट निर्वाचित रास्वपा सांसद सुशील खड्काको पहलमा गुठीका अध्यक्ष रामबहादुर खड्का र सचिव निशान खड्काले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर हस्तान्तरण गरेको खुलेको छ।
बाढीपीडितका लागि सहयोग घोषणा गर्ने क्रममा चेक हस्तान्तरण गरिएको भए पनि चेक नै बैंकबाट साट्न नमिल्ने अवस्था देखिएपछि गुठी व्यवस्थापन समितिको निर्णय प्रक्रिया र खाता सञ्चालनसम्बन्धी व्यवस्थामाथि प्रश्न उठेको छ।
सदस्यले पहिल्यै उठाएका थिए प्रश्न
गुठीले राहतका लागि रकम सहयोग गर्ने विषय सार्वजनिक हुनुअघि नै समितिका सदस्य अमर खड्काले बैठकबाट औपचारिक निर्णय गरेर मात्रै रकम सहयोग गर्नुपर्ने धारणा राखेका थिए।
उनले समितिको बैठक बसेर निर्णय गरेर सहयोग गर्नु उचित हुने भन्दै प्रक्रिया पूरा नगरी रकम दिने विषय सार्वजनिक गर्दा राम्रो सन्देश नजानेतर्फ प्रश्न उठाएको बताइएको छ।
तर, त्यसपछि गुठीका अध्यक्ष र सचिव अर्थमन्त्रीसँग पुगेर रकम उल्लेख गरिएको चेक हस्तान्तरण गरेका थिए।
मन्दिर व्यवस्थापनमाथि प्रश्न
विपद्को समयमा बाढीपीडितलाई सहयोग गर्ने उद्देश्य आफैंमा सकारात्मक भए पनि भुक्तानीका लागि मान्य नभएको चेकमार्फत सहयोग घोषणा गरिएपछि बागलुङ कालिका भगवती गुठी व्यवस्थापनको कार्यशैलीमाथि प्रश्न उठेको छ।
विशेषगरी धार्मिक तथा सार्वजनिक महत्व बोकेको मन्दिरको खाताबाट आधिकारिक हस्ताक्षरबिना चेक कसरी काटियो, समितिको निर्णय भएको थियो कि थिएन र बैंकमा मान्य नभएको हस्ताक्षरबाट चेक कसरी जारी भयो भन्ने विषयमा गुठीभित्रै सोधखोज सुरु भएको बताइएको छ।
राहत तथा विपद्को संवेदनशील समयमा सहयोग रकम घोषणा गरिए पनि चेक भुक्तानी हुन नसक्ने अवस्था देखिएपछि यसले बागलुङ कालिका भगवती मन्दिरजस्तो धार्मिक संस्थाको पारदर्शिता, निर्णय प्रक्रिया र आर्थिक सुशासनमाथि समेत बहस सिर्जना गरेको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया