थाइल्यान्डमा रमिताः

‘मायाप्रेम’ देखाउन भन्दै एक जोडी ‘नग्न’ भएर बाटाेमै निस्केपछि…

बिएल संवाददाता

बैंकक, थाइल्यान्ड
तस्बिरः थाइल्यान्ड प्रहरी
तस्बिरः थाइल्यान्ड प्रहरी

थाइल्यान्डको कोह फाङ्गानमा सार्वजनिक स्थलमा नग्न अवस्थामा अंकमाल गर्दागर्दै भेटिएका पोल्याण्डका एक जोडी पक्राउ परेका छन्।

स्थानीय बासिन्दाहरूले सोमबार साँझ ४:३० बजे पर्यटकीय टापुको बान ताई रोडमा ‘नाङ्गै’ अँगालोमा बाँधिएको जोडीलाई देखेपछि प्रहरीलाई सम्पर्क गरेको कोह फाङ्गान प्रहरी प्रमुख पोल कर्नल एपिचर्ट चान्समरेटले बताएका छन्।

प्रहरीले घटनास्थल पुगेर प्रमाणको रुपमा तस्बिर खिचेपछि उनीहरूलाई लुगा लगाउन भनेको थियो। र, त्यसपछि २७ वर्षीय पुरुष र २४ वर्षीया महिलालाई पक्राउ गरेको थियो।

उनीहरूले प्रहरीलाई आफूहरू केवल प्रेम व्यक्त गर्नका लागि नग्न भइ सडकमा निस्किएको बयान दिएका छन्।

एक अधिकारीका अनुसार उनीहरूले एकअर्काप्रतिको प्रेम व्यक्त गर्न अँगालो हाल्नका लागि नग्न भएर बाटोमा निस्किएकाे जिकिर गरेका छन्। प्रहरीले थाइल्यान्डमा ‘नग्नता प्रदर्शन गर्नु’ एक अपराध भएको बताउँदै ५ हजार भाटसम्म जरिवाना हुनसक्ने बताएको छ।

उनीहरूलाई पक्राउ गरेर लागूपदार्थ सेवनको परीक्षण गरिएको थियो। तर लागूपदार्थ परीक्षण नकारात्मक आएको थियो। महिलाले अपराध स्वीकार गरेपछि ५ हजार भाट जरिवाना तिराएर रिहा गरिएको थियो।

तर उनका प्रेमीले भने सरकारी अधिकारीहरूमाथि नै आक्रोश व्यक्त गरेपछि मनोचिकित्सा परीक्षणको लागि अस्पताल पठाइएको छ। प्रहरीले उनीहरूको भिसा रद्द गर्न अध्यागमन अधिकारीहरूलाई आग्रह गरेको छ।

सुरत थानीका डेपुटी गभर्नर थिएरुट सुपाविबुलपोलले कोह फाङ्गनको समुद्री तटमा नग्न अवस्थामा घाम ताप्दै गरेको देखिनु नियमित घटना भएको बताउँदै स्थानीय अधिकारीहरूले नियम उल्लंघन गर्नेहरूलाई पक्राउ गरी जरिवाना गराउने गरेको बताएका छन्।

प्रकाशित मिति: : 2025-04-29 17:57:00

प्रतिकृया दिनुहोस्