‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिमला गुप्ता
समयमै वर्षात् भएपछि तराईका खेतहरु असारको मध्यसम्म पुग्दा हरियाली छाएको छ। चारैतिर पानी र हिलाम्य बनाएर तयार पारिएको खेतको किनारका स–साना व्याडमा धनको बिउहरु तयारी अवस्थामा देखिन्छन्।
खेतको व्याडमा पुरुषहरु धानको बिउ काढ्दै छन् भने महिला रोपहारहरु सामूहिक रुपमा पारम्परागत गीत गाउँदै रमाइलो गरी धान रोप्दै छन्। बाउसेहरु कोदारले खेत सम्याउँदै आली मिलाइरहेका छन् भने वीउ काट्नेहरु बीउ उखेल्दै छन्। अनि रोपहारहरु धान रोप्दै हिलोसँगै रमाइरहेका छन्, रोपाइँ सक्दै छन्।
सर्वसाधारणका लागि असार १५ एउटा चाड नै हो किसानको। यो रोपाइँकै मुख्य दिनको रुपमा चिनिन्छ तर किसानका लागि भने असार र साउन महिना पूरै महिना महोत्सव हो।

'मुट्ठी रोपेर मन फलाउने' यो महिनामा किसानहरु अत्यन्त व्यस्त हुन्छन्। समयमा रोपाइँ नभएमा र मल नपाए धानको उत्पादन रामों हुँदैन त्यसका कारण किसानहरु सबै काम छाडेर खेतीपातिमै लाग्छन्।
वर्षभरि खाने मुख्य बाली हो धान। त्यसैले समूहमा काम गरेर रोपाइ गर्नेहरु खुशी त हुन्छन् नै तर बिउ र मलको महङ्गो भाउले उनीहरुको मन कुँडिएको छ।
अझ महङ्गो मूल्य तिर्दा पनि किसानले समयमा मल नपाउनु हरेक सालको समस्या हो। अझ नक्कली मलको मारमा पनि किसान परिरहेका छन्।
वर्षेनी भोगिरहेको मलको यो समस्याप्रति सरकार चिन्तित छैन। 'अब हाम्रो लागि कोही छैन' भन्ने भाव किसानको मनमा बढ्दैगएको छ।

वीरगञ्ज महानगरपालिकाको सिर्सिया–१९ की ३५ वर्षीया मेहरु नेसा हतार–हतार रोपाइँ गर्दै छिन। कालो बादल मडारिएकाले पानी परेपछि रोपाइको काम रोकिएला भन्ने डरले उनलाई हतार भएको छ।
मेहरु एकल महिला हुन्। पति बितेको आठ वर्ष भइसकेको छ। चार सन्तान की आमा उनी खेतिकिसानी गरेरै परिवार पाल्छिन्। उनको भागमा १६ कट्टा खेत छ।
दुई जना छोरा बहिर काम गर्ने भए पनि निषेधाज्ञा कारण गर्दा उनीहरुले पनि खेतको काममा आमालाई सहयोग गर्दै छन्। नेसा र उनीसँगै रोपाइँ गरिरहेका किसानहरुलाई 'असार १५' र सरकारले मनाउने 'धान दिवस' बारे कुनै जानकारी छैन।
धान दिवस' बारे प्रश्न सोध्दा मेहरुले भनिन्, 'यो नेताहरुको दिवस हो। हामी किसानलाई कसैले हेर्ने होइन, केको दिवस ?!' मेहरुले भनिन्,‘ हामी किसानको समस्या बुझ्न कोही आउँदैन। उल्टै हाम्रो नाममा आएको पैसामा नेताले घोटाला गर्छन्। चुनावको बेला भोट माग्न किसानलाई अनेकौँ कुरा सुनाउँछन तर अहिलेसम्म ठूला नेता त परको कुरा भो, वडा र वीरगञ्ज महानगरका प्रमुखबाट हामी किसानका लागि केही राहत आएको छैन। बीउ पनि सीमापारिको भारतीय बजार रक्सौलबाट किनेर ल्याएकी हुँ। भोलि मल यहीको चोकबाट महङ्गो भाउमा किनेर खेतमा हाल्दै छु।’

किसानहरुका अनुसार, सीमापारिका बजारहरुमा अहिले धानको बीउ प्रति किलो भा.रु. ४० रुपियाँ (नेरु ६४) का दरले बिक्री हुँदैछ। सोही धानको बीउ अहिले नेपाली बजारमा भने दोब्बर मूल्यमा एक सयदिख १ सय २० रुपैयाँ (नेरु) सम्ममा बिक्री हुँदैछ। युरिया र डीएपी मलमा पनि मनपरि मूल्य रहेको किसानहरुको गुनासो छ।
समयै रोपाइँ र मल चाहिने भएकाले किसानहरु कोरोनाको कहरमा पनि भारतीय बजारमा जान बाध्य छन्। सोही गाउँकी ५० वर्षीया रोशनतारा खातुनले पनि आफ्नो अढाइ कठ्ठा खेतको लागि चाहिने बीउ पनि सीमापारिबाटै ल्याएकी छिन। गरिब किसानले दोब्बर मूल्य कहाँबाट तिर्ने भन्दै आफूहरु मल र बीउ भारतीय बजारबाटै ल्याउनेगरेको उनले बताइन्।
किसानहरुलाई धेरै समस्या सहेर खेतीकिसानी गर्नुपरेको नाजमा खातुनको पनि गुनासो छ। भारत आवतजावतमा रोक लगाइएको बेला नेपाली बजारमा बीउको भाउमा खाद्य पसलहरुको आफ्नो मनपरि हुने उनले बताइन्।
बिन्ध्वासिनीका चन्द्रिका साहलाई भने आफ्नै घरमा धानको बीउ राखेकाले यो वर्ष रोपाइँका लागि सहज भएको छ। बाहिरबाट बीउ किनेर ल्याउने धेरै किसानको बीउ अझै तयार भइसकेको छैन।

साहका अनुसार यस वर्ष समयभन्दा पहिले नै धेरै पानी परेर पनि कतिपय किसानको बीउ खेतमै गलिसकेको छ। किसानहरुले वर्षेनी बीउ, मलखाद कठिनाइ सहिरहँदा पनि किसानको नाममा आएको बजेट कहाँ खर्च हुन्छ भन्दै साहले प्रश्न गरे।
वर्षमा एकपटक किसानहरुलाई सम्झने दिवस असार १५ नै हो। आज विभिन्न सञ्चारमाध्यम तथा समाजिक सञ्जालमा किसानलाई सम्झिने गरिन्छ तर किसानहको समस्या बुझ्न उनीहरुको गाउँघर र खेतसम्म कोही नेता नपुग्ने किसानहरुको दुखेसो छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया