बिएल संवाददाता
नेकपा एमालेका नेता तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले किसानलाई घरबारविहीन बनाउन खाेजेकाे आराेप लगाएका छन्।
धान दिवसको अवसरमा एक विज्ञप्तिमार्फत् शुभकामना दिँदै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार बाधक भएको बताउँदै सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरेको बताएका छन्।
‘सरकारले सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकूल किसानलाई बेरोजगार र घरबारबिहीन बनाउँदै छ।’ विज्ञप्तीमा भनिएकाे छ।
उनले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउन सरकार दत्तचित्त भएर लागेको भन्दै यो नेपालको संविधान-२०७२मा उल्लेखित खास सम्प्रभुताको विरुद्ध रहेको समेत बताए।
‘करार खेती भनेको एक किसिमको कर्पोरेट मोडकलको कृषि कार्य हो, जहाँ व्यापारिक म्पनी हावी हुन्छन् र कृषक समुदाय पूर्णतः विस्थापित हुन्छन्। भारतदेखि युरोपेली मुलुकका किसानहरू यस्तो खेती प्रणालीबाट प्रताणित छन्। कतिपय मुलुकमा किसान यस्तो खेती प्रणालीविरुद्ध छन् ,’ विज्ञप्तिमा उल्लेख छ।


यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया