बिएल संवाददाता
कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धान रोपेर यसवर्षको धान दिवसको औपचारिकता निभाएका छन्।
किसानका लागि विशेष मानिने असार १५ अर्थात धान दिवसका दिन नार्क परिसरमा मन्त्री नेम्वाङले धान रोपेका हुन्।
उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको हो।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा धान दिवस मनाइएको हो। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। तर, यसपल्ट भने काेराेना कहरले याे सुविधा दिएकाे छैन। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया