
शिक्षामन्त्री बन्दै रघुजी पन्त, भोलि सपथ
नेकपा एमालेले शिक्षामन्त्रीमा नेता रघुजी पन्तलाई अघि सारेको छ। एमालेले बुधबार पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय गरेको बालुवाटार स्रोतले बतायो। पन्तको नाम शितल निवास पुगिसकेको स्रोतले जानकारी दियो। पन्तलाई भोलि सपथ ग्रहणको तयारी गरिएको छ। सोमबार शिक्षामन्त्री विद्या भट्टराईले शिक्षा विधेयकमा प्रधानमन्त्रीले सहयोग नगरेको भन्दै राजीनामा दिएकी थिइन्।

बिएल संवाददाता - काठमाडौं