लेखा समितिमा सत्ता र प्रतिपक्षी सांसदहरूबीच झन्डै ‘हात हालाहाल’ (भिडियोसहित)
सार्वजनिक लेखा समितिमा सांसदहरूबीच चर्काचर्की भएको छ। बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणसम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सत्तापक्ष र विपक्ष दलका सांसदहरूबीच चर्काचर्की भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सत्तापक्ष तथा नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको भन्दै उनले अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन पार्टीको प्रधानमन्त्री हुन्छ, सोही दलको सभापति लेखा समितिमा हुन नहुने विषय उठाएका थिए।
बिएल संवाददाता - काठमाडौं