शुक्रबार, ०८ अगस्ट २०२५

आन्दोलनमा घुसपैठ भएको शिक्षक महासंघको आरोप

नेपाल शिक्षक महासंघले आइतबारको शिक्षक आन्दोलनमा घुसपैठ भएको आरोप लगाएको छ। आइतबार शिक्षकहरूले बानेश्वरको निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ जान लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले पानीको फोहरासमेत हानेको थियो। त्यसक्रममा प्रहरी र शिक्षकहरूबीच झडपको स्थिति बनेको थियो। उक्त आन्दोलनमा बाहिरियाहरूको घुसपैठ भएको शिक्षक महासंघले आरोप लगाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनलाई भड्काउन घुसपैठ गराइएको आरोप लगाएका छन्। उनले घुसपैठबाट महासंघ नझुक्ने बताउँदै भोलिदेखि देशभरबाट थप शिक्षकहरू काठमाडौं उत्रिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नो बेडरुमसम्म ‘बिचौलियाको पहुँच’ रहेको प्रमाणित गर्न गगनलाई ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महामन्त्री गगन थापालाई आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच रहेको प्रमाणित गर्न चुनौती दिएका छन्। आइतबार मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजशरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए। देशमा एमाले र कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेको बताउँदै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सांसद राईलाई तीनदिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई तीनदिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। अदालतबाट पक्राउपूर्जी जारी भएपछि लामो समयदेखि फरार रहेकी सांसद राईलाई शनिबार राति प्रहरीले कपनस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भ्रष्टाचार र पैसा कमाउन’ राजनीति गरेको होइन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभइ इमानको राजनीति गर्ने बताएका छन् । आइतबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले इमान, सत्य र सामाजिक परिवर्तनको लागि राजनीति गरेको बताएका हुन्। ‘हामी सचेत छौं। हामीले इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो। भ्रष्टाचारको राजनीति हैन, पैसा कमाउनको लागि, पदको दुरुपयोग गर्नको लागि, आफन्तको बन्दोबस्त गर्नको लागि, आफ्ना मान्छे जागिर खुवाउनको लागि हैन। सामाजिक परिवर्तनको लागि प्रयास गरिरहेका छौं भन्ने कुरा हामीले कहिलेपनि हेक्का छोड्नुहुँदैन,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, केही शिक्षक घाइते

काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरू र प्रहरीबीच आइतबार झडप भएको छ। माइतिघरमा भेला भएर नयाँ बानेश्वरस्थित संसद भवनतर्फ निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले शिक्षकहरूमाथि बल प्रयोग गरेको थियो। प्रहरीले सुरुमा पानीको फोहरा हानेपछि शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। त्यसपछि भएको झडपमा केही शिक्षकहरू घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘श्री ५’ लेख्ने पूर्वराजालाई कारबाही गर्न एमाले सांसदको माग

नेकपा एमालेको सांसद ठाकुर गैरेले पूर्वराजाले नेपालको संविधानले नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ कहाँ छ? भन्दै प्रश्न गरेका हुन्। उनले भने, ‘हिजो अत्यन्त लज्जास्पद र संविधान विपरितको एउटा वक्तव्य आयो, डा. फणिराज पाठक, संवाद सचिवका नामबाट वक्तव्य प्रकाशित भयो। त्यसको हेडलाइनमा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव’बाट बक्सेको समवेदना सन्देश। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु- नेपालको संविधान र आजको व्यवस्थापमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव  भन्ने कहाँ छ?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भाटभटेनी लुट्ने कांग्रेस सहमहामन्त्रीका छोराको नाम र तस्बिर सार्वजनिक गर्न चुनौती

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्बिर सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन्। जनकपुरधामस्थित पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलनमार्फत पूर्वमन्त्री समेत रहेका सहमहामन्त्री यादवले आफू र आफ्नो पार्टीलाई लक्षित गर्दै लिङदेनले लगाएको आरोप पुष्टि गर्न चुनौती दिए। पुष्टि गर्न नसके उनले कानुनी उपचार खोज्नेसमते चेतावनी दिए। ‘चैत १५ गते भाटभटेनी लुटपाटमा कुन सहमहामन्त्रीको छोरा थियो? तस्बिर सार्वजनिक गर्नुहोस्। होइन भने हामी सहमहान्त्रीहरू तपाईंविरुद्ध अदालत जान्छौं,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

मातातीर्थ औंसीमा ओलीको सन्देशः मेरो लागि जन्मभूमि नै ‘आमाको प्रतिरूप’

प्रधानमन्त्री केपी शर्मा ओलीले मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिएका छन्। आइतबार शुभकामना सन्देश दिँदै उनले आफू चार वर्षको नहुँदै आमाको न्यानो काख गुमाएको बताउँदै आफ्ना लागि जन्मभूमि नै आमाको प्रतिरूप बनेको बताए। उनले लेखेका छन, ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो। आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ। यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु। आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्। शुभकामना!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्यरातमा ओली-देउवा भेट, के कुराकानी भयो?

शनिबार राति भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सरकार परिवर्तनबारे चलिरहेका हल्लाहरूलाई गलत र निराधार भएको सन्देश दिनका लागि पनि भेटवार्ता भएको अर्थमन्त्री विष्णु पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतको पहलगाम हमलाप्रति पूर्वराजाद्वारा दुःख व्यक्त, हिन्दुमाथिको आक्रमणको निन्दा

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको निन्दा गरेका छन्। शनिबार समवेदना सन्देश जारी गर्दै पूर्वराजाले आतंकवादी हमलामा भएको धनजनको क्षतिप्रति भारत सरकारप्रति सहानूभूति व्यक्त गरेका हुन्। उनले आतंककारी हमलामा हिन्दूवादी यात्रीहरूको निधन भएकोमा अत्यन्त दुःख लागेको बताएका छन्। उनले घटनाका ज्यान गुमाएका नेपालीसहित सबै मृतकहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आतंकवादविरुद्धको लडाईंमा नेपालले भारतसँग ‘काँधमा काँध’ मिलाएको छः परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्। उनले नेपाल सधैं आतंकवादको विपक्षमा रहेको बताइन्। नेपालस्थित भारतीय दूतावासले कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली दिन आयोजना गरेको सभामा बोल्दै उनले नेपाल सधैं शान्तिको पक्षमा रहेको बताइन्। राणाले भनिन्, ‘नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्छ। नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘युद्धका बादलहरू मडारिरहेका बेला बुद्धिज्म र शान्ति आवश्यक छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा बुद्धिजम् र शान्ति आजको आवश्यकता भएको बताएका छन्। लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले दुनियाँमा युद्धका बादलहरू मडारिरहेको भन्दै आजको बढी आवश्यकता बुद्धिजम् भएको बताए। उनले भने, ‘बुद्धिज्म आजको झन बढी आवश्यकता हो, शान्ति झन बढी आवश्यकता हो । किनभने दुनियाँमा युद्धका बादलहरू मडारिरहेका छन्। दुनियाँ कहीं युद्धतिर त जाँदैन? युद्ध गर्नका लागि पर्याप्त सैन्यशक्ति र सैन्यशक्तिलाई परिचालन गर्नका लागि जल, थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध गर्न सकिने खतरनाक हतियारहरूको निर्माण भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकार ढल्छ’ भन्नेहरू ‘फत्रक्क’ गलिसकेः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन्। नेकपा (एमाले)को संसदीय दलको बैठकमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रीत हुन सांसदहरूलाई आग्रह गरेका हुन् ।  उनले भने, ‘सरकार बाङ्गिसक्यो। शेरबहादुरजी थाइल्याण्डबाट नेपाल आइपुग्ने बित्तिकै ढल्छ भनेर भनेका थिए। मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस्, आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ। शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फल्याउनेहरू फत्र्याक्कै गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ओली सरकार’ बिचौलियाहरूको सरकार हो: प्रचण्ड

प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालको ‘पाँचौ राष्ट्रिय महाधिवेशन शपथग्रहण तथा पद हस्तान्तरण’ कार्यक्रममा उनले यो सरकार भ्रष्टाचारीहरूको रक्षा गर्ने सरकार भएको भन्दै यो कुरा राजनीति विवेक र ज्ञान राख्ने मान्छेले पनि स्वीकार गरेको बताए। उनले भने, ‘अहिलेको सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार हो भन्ने कुरा सबैलाई थाहा छ। अब त अलिकति पनि राजनीति विवेक र ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् कि सरकार दलाल पुँजीपति बिचौलिया र नोकरसाहहरूको हित गर्ने, भ्रष्टाचारीहरूको रक्षा गर्ने राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने सरकार हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धनुषा कांग्रेसले राजेन्द्र लिङ्देनको ‘पु्त्ला’ जलायो, माफी नमागे कडा आन्दोलन गर्ने चेतावनी

धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला दहन गरेका छन्। शुक्रबारको संसद बैठकमा लिङ्देनले नेपाली कांग्रेसका एक सहमहामन्त्रीका छोराले भाटभटेनीमा लुटपाट गरेको र गृहमन्त्रालयको दवाबमा प्रहरीले पक्राउ परेको केही घण्टामै छोडेको अभिव्यक्ति दिएका थिए। उनको सो अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै शनिबार (आज) नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा चक्का जाम गर्नुका साथै लिङ्देनको पुत्लासमेत जलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

शिक्षक-शिक्षामन्त्री वार्ता: फेरि बस्ने सहमति, आन्दाेलन नरोकिने

फेरि वार्तामा बस्नेगरी शनिबार बिहानको वार्ता सकिएको उनले बताए। आज २५ औं दिन पनि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षामन्त्रीसँग शिक्षकहरूको वार्ता सुरु

बिहीबार शिक्षामन्त्रीका रुपमा सपथ लिएका पन्तले शुक्रबार नै शिक्षकहरूलाई वार्तामा बोलाएका थिए। तर मन्त्रालयले पठाएका शिक्षक प्रतिनिधिहरुका नाम र सिंहदरबार पुगेका शिक्षकहरूको नाम नमिलेपछि उनीहरू फर्किएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बल्लबल्ल बोले ओली- १४ महिनापछि मैले राजीनामा दिन्छु, शेरबहादुर प्रधानमन्त्री बन्नुहुन्छ

अनि ढोकाबाट मुन्टो निकालेर प्रधानमन्त्रीले यत्ति भने ‘१४ महिनापछि मैले राजीनामा दिन्छु अनि शेरबहादुर जी प्रधानमन्त्री बन्नुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीको बेडरुममा बिचौलिया भनेका गगनलाई वर्षमानले दिए धन्यवाद

वर्तमान सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम भएकाे भन्दै उनले भने, 'आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएकोमा धन्यवाद छ। सरकार गठन हुँदादेखि नै बिचौलिया सक्रिय भएको उनकाे आरोप थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गठबन्धनमा समस्या छैन– शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्। शुक्रबार थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नेक्रममा उनले सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं