शनिबार, २३ मे २०२६

तालिमका क्रममा बेहोस भएका सशस्त्रका जवान भेट्न एपीएफ अस्पताल पुगे सुधन

News Image
• • •

निवर्तमान गृहमन्त्री सुधन गुरुङले तालिमका क्रममा बेहोस भइ उपचाररत सशस्त्र प्रहरीका जवानहरूको स्वास्थ्य अवस्था बुझेका छन्।

गुरुङ शुक्रबार सशस्त्रका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलसँगै बलम्बुस्थित एपीएफ अस्पताल पुगेका थिए।

बेहोस भएका जवानहरूको एपीएफ अस्पतालमै उपचार भइरहेको छ। सो क्रममा उनीहरूले बिरामी जवानहरूको उपचार र वर्तमान स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिएका थिए।

गुरुङको विवादास्पद व्यापारी दीपक भट्टको कम्पनीमा साझेदारी देखिएपछि गृहमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए। उनीमाथि छानबिनका लागि सरकारले समितिसमेत बनाइसकेको छ।

गृहमन्त्रीकै हैसियतमा आईजीपीलाई पछि लगाएर जवानहरूको अवस्था बुझ्न पुगेपछि उनलाई समितिबाट क्लीन चिट दिलाएर रास्वपाले पुनः गृहमन्त्रीमै फर्काउन खोजेको टिप्पणी हुन थालेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!