बिएल संवाददाता
शुक्रबारदेखि जारी नेकपा एमालेको सचिवालय बैठकमा आज महासचिव शंकर पोखरेलसहित ९ जना पदाधिकारीले धारणा राखेका छन्।
शुक्रबार र शनिबार गरी बोलेका १४ मध्ये १२ पदाधिकारीले राजीनामा मागेपछि अध्यक्ष केपी ओली दबाबमा परेका छन्। १९ सदस्यीय पदाधिकारीमा अब ४ जनाले मात्रै बोल्न बाँकी छ। पदाधिकारीहरूले बोल्ने क्रम नसकिँदै ओली अल्पमतमा परिसकेका छन्।
शनिबार महासचिव शंकर पोखरेलसमेत पार्टी पुनर्गठनको पक्षमा उभिएपछि ओली थप सकसमा परेका छन्। पोखरेलले अरू पदाधिकारी झैं यही नेतृत्व बोकेर पार्टी अघि बढाउन नसकिने भन्दै पार्टीलाई गति दिने अध्यक्षले राजीनामा दिनु नै उचित हुने धारणा राखेको एक पदाधिकारीले बताए।
ओलीको पक्षमा शुक्रबार धारणा राखेका ओलीपछिको वरियताका रामबहादुर थापा बादल र शनिबार बोलेका सचिव महेश बस्नेत मात्र देखिएका छन्।
अब आइतबार बस्ने बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले कुरा राख्ने छन्। अध्यक्ष ओलीले पनि आइतबार नै बोल्ने इच्छा गरेका छन्।
नेताहरूको कार्यविभाजन प्रस्तावको मूल एजेण्डा राखिएको सचिवालय बैठक पार्टी पुनर्गठनमा केन्द्रीत बनेपछि ओलीमाथि मार्ग प्रशस्त गर्न नैतिक दबाब बढेको उनको हाउभाउ र अनुहारले बताउने ती पदाधिकारीले बताए। ओली बैठककै बीचमा कहिले मलिन देखिन्थे त कहिले चर्को सुनिन्थे।
यसबीचमा ओलीले भने केन्द्रीय कमिटी पुनर्गठनको विषय केन्द्रीय कमिटीमै उठाउन सकिने बताएका ती पदाधिकारीले बताएका छन्। नेताहरूका अनुसार सचिवालयमा अल्पमतमा परेका ओली केन्द्रीय कमिटीबाट बहुमत जुटाउने रणनीतिमा देखिएका हुन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया