बिएल संवाददाता
पार्टी पदाधिकारीहरूले धमाधम राजीनामा माग्न थालेपछि एमाले अध्यक्ष केपी ओली दबाबमा परेका छन्।
जारी सचिवालय बैठकमा आफू पक्षकै भनिएका पदाधिकारीहरूसमेत विपक्षमा उभिएपछि ओली अप्ठ्यारोमा परेका हुन्। शुक्रबार बोलेका ५ उपाध्यक्षमध्ये ४ जना बहिर्गमनको पक्षमा उभिएपछि ओलीमाथि नैतिक दबाब बढेको छ।
ओलीको भाडाको निवास भक्तपुरको गुण्डुमा शुक्रबारदेखि जारी बैठकमा उपाध्यक्षहरू उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरिसकेका छन्।
ओलीको पक्षमा खम्बा बनेर उभिनेमा पूर्व माओवादी नेता एवं एमालेमा ओलीपछिको बरियताका उपाध्यक्ष रामबहादुर थापा (बादल) एक्लै देखिएका छन्। उनले मात्र संकटको बेला नेतृत्वको रक्षा गर्नुपर्ने अडान कसे।
आफ्नाविरुद्ध उभिने नेताहरूलाई अनुशासनको कारबाही गर्ने ओलीको चेतावनीपछि उपाध्यक्ष गुरुङले ओलीसँग चर्काचर्की नै गरेका थिए। उनले ‘पार्टी तपाईंको प्राइभेट कम्पनी हो?’ भन्दै प्रतिप्रश्न गरेका थिए।
उपाध्यक्ष विष्णु पौडेलले अब पार्टी ओलीबाट अघि बढ्न नसक्ने भन्दै उनलाई पद छाड्न आग्रह गरेका छन्। विशेषगरी ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था ब्युँताउनुपर्ने माग राखेका उनले जेनजी आन्दोलनको मतियार नै ओलीलाई बनाए। उनले ‘भदौ २३ गते बेलुकी राजीनामा दिएको भए आज राजनीति यो अवस्थामा आइनपुग्ने’ ठोकुवा नै गरे।
अर्का उपाध्यक्ष विष्टले त ओलीको राजीनामा मात्रै मागेनन्, ओली सरकारको पालामा राज्यकोष दोहनको क्षतिपूर्ति पार्टीको कोषबाट तिरेकोमा प्रश्नसमेत खडा गरेका छन्। ओली सरकारले भीआईपीहरूको उपचारका लागि गैरकानुनी रुपमा गरेको खर्चमाथि अख्तियारले छानबिन थालेपछि एमालेले राज्यकोषमा रकम फिर्ता गरेको छ।
नेताहरूका अनुसार ओलीको पक्षमा उभिनेमा उपाध्यक्ष बादलपछि अर्का पूर्वमाओवादी नेता एवं एमालेका वर्तमान उपमहासचिव लेखराज भट्ट र सचिव महेश बस्नेत मात्रै हुनेछन्।
सचिवहरू पद्मा अर्याल, राजन भट्टराई, हिक्मत कार्की र भानुभक्त ढकालले भने सन्तुलित मत राख्ने नेताहरूको अपेक्षा छ। नेताहरूका अनुसार यसअघि ओलीको पक्षमा उभिने उनीहरूको मत भने यतिबेला भने दुवै पक्षसँग मिलेर जानुपर्ने छ।
पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र पूर्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि ओलीको राजीनामा मागिसकेका छन्। पोखरेल त गत महाधिवेशनमा ओलीकै विरुद्ध मैदानमा उत्रिएका पात्र हुन्।
आजको बैठकमा महासचिव शंकर पोखरेलले बोलेपछि अध्यक्षबाट ओलीले राजीनामा दिने वा नदिने टुंगो लाग्ने नेताहरूको भनाइ छ। बैठकको दोस्रो दिन आज महासचिव पोखरेलसहित उपमहासचिवहरू र सचिवहरूले धारणा राख्दै छन्।
नेताहरूका अनुसार ओलीलाई अध्यक्षबाट हटाउन उपाध्यक्ष पौडेल, गुरुङ र महासचिव पोखरेलबीच मोर्चाबन्दीसमेत भइसकेको छ।
पौडेल ओलीको ठाउँमा पोखरेललाई नेता स्वीकार्न तयार भइसकेका छन्। ओलीले पौडेल र पोखरेललाई साइजमा राख्न विद्या कार्ड फ्याँकेको नेताहरूले बुझाइ रहेको बुझिएको छ।
यसअघि आफैंले सदस्यता नवीकरणमा वञ्चित गरेर पार्टीमा ढोका बन्द गरिसकेको पूर्वराष्ट्रपति एवं पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई ओलीले आफूमाथि राजीनामाको दबाब बढेपछि अचानक सदस्यता दिने घोषणा गरेका थिए।
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया