बिएल संवाददाता
विपक्षी दलहरूले सरकारविरुद्ध सशक्त विरोध गर्ने भएका छन्।
आइतबार बसेको नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूको बैठकले सरकारको गलत कार्यशैलीविरुद्ध सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेको हो।
विपक्षी दलका सचेतकहरूको बैठक सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको थियो। छलफलपछि सो निर्णय भएको एमाले प्रमुख सचेतक ऐनबहादुर महरले बताए।
संसदीय मूल्यमान्यता विपरीत विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैर लोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको उनले बताए।
महरले भने, ‘संविधानको कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि संसदमा विपक्षीहरूबीचको छलफल र सहकार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बारेमा हामी साझा निष्कर्षमा पुगेका छौं।’
छलफलमा कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया