बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गर्ने तयारी गरेका छन्।
कांग्रेससँग गठबन्धन गरेर सरकारको नेतृत्व गरिरहेका एमाले कोशी संसदीय दलका नेता कार्की सचिवालय बैठकमा आफ्नाविरुद्ध खुलेपछि ओली चिढिएका एक पदाधिकारीले बताए।
एमाले केन्द्रीय सचिवसमेत रहेका कार्की गुण्डुमा जारी सचिवालय बैठकमा नेतृत्व परिवर्तनको पक्षमा खुलेका छन्। अन्य बहुमत पदाधिकारी झैं सचिव कार्कीले केन्द्रीय कमिटी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए।
कांग्रेस उपसभापति विश्वप्रका शर्माले कोशी सरकारको नेतृत्व कांग्रेसले गर्ने दाबी गरेपछि मुख्यमन्त्री कार्की हच्किएका छन्। यता एमाले अध्यक्ष ओली भने सत्ताको नेतृत्व कांग्रेसलाई सम्पिन तयार देखिँदैनन्। एमाले स्रोतले मुख्यमन्त्री मात्रै फेरिने तर, सरकारको नेतृत्व एमालेले नै गर्ने दाबी गरेको छ।
ओलीले कोशी संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी गरेको स्रोतको दाबी छ। यता कांग्रेसले भने पूर्वमुख्यमन्त्री एवं संसदीय दलका नेता उद्धव थापालाई अघि सारेको छ।
कुनैबेला ओलीका विश्वासपात्र रहेका हिक्मतकुमार कार्की यतिबेला विपक्षमा खुलेपछि ओली उनलाई मुख्यमन्त्रीबाटै पदमुक्त गर्ने तहमा उत्रिन लागेका स्रोतले बतायो।
कार्कीकै कारण उनकै गृहक्षेत्रमा अध्यक्ष केपी ओली रास्वपाका वरिष्ठ नेता एवं वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित हुनुपरेको झापाका ओलीपक्षका नेताहरूको बुझाइ रहेको एक नेताले बताए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया