बिएल संवाददाता
शनिबार बिहान डा. शेखर कोइराला निवास पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
विराटनगरस्थित कोइराला निवासमा पत्रकार सम्मेलन गर्दै उनले सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दाबी गर्दै नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने बताए।
थापाले भने, ‘कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधान अनुसार साथीलाई ‘धन्यवाद’ भनेर मैले अर्को साथीलाई जिम्मेवारी दिन्छु। त्यो प्रक्रिया प्रारम्भ भइसकेको छ, पार्टीको क्रियाशील सदस्यको तथ्याङ्क केन्द्रसँग हुनु भनेको भोलि उम्मेदवार छान्ने बेला र सूचना पाउने बेला सदस्यको अधिकार बलियो हुनु हो। यसमा कसैले अवरोध सिर्जना गर्नुहुन्न भन्ने विश्वास छ।’
उनले चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समितिभित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि त्योभन्दा बाहेक बाँकी ठाउँ केही पनि नभएको बताए। उनले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको समेत स्पष्ट पार्दै कि त ‘अनुहार मन पर्दैन’ भन्नुपर्ने बताए।
‘पार्टीको सबै नेताहरूले को–को राख्दा चित्त बुझ्छ भन्नुस्, ती सबै राख्न म तयार छु। पार्टीको सदस्यता व्यवस्थापन समिति पनि सल्लाहले बनाउने, पार्टीको अनुशासन समिति सल्लाहले बनाउने, पार्टीको निर्वाचन समिति सल्लाहले बनाउने, चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समितिभित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब कि त अनुहार मन पर्दैन भन्नुपर्यो, त्योभन्दा बाहेक बाँकी रहेको भन्ने ठाउँ चाहिँ केही पनि छैन,’ सभापति थापाले भने।
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया