बिएल संवाददाता
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक सरोकारको मुद्धाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानुन व्यवसायीको मनोविज्ञानमा असर पार्नसक्ने बताएका छन्।
काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सार्वजनिक चासोका मुद्धामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरूलाई आग्रहसमेत गरे।
कुनै मुद्धाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने उनको बुझाइ छ।
न्यायाधीश पोखरेलको भनाइ–
‘जुन पब्लिकको चासो भएको मुद्धाको बहस गर्नुहुन्छ वा हामी न्यायाधीशहरूले फैसला गर्छौं, त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने। कुनै एउटा फैसला गर्यो, कुनै एउटा राम्रो मुद्धाको बहस गर्यो भने त्यसको रिजल्ट राम्रो आएको छ भने प्रसंशा आउँछ। ओहो म त भयंकर रैछु भन्ने खालको मेरो दिमाग बन्छ। अनि अलिकति आलोचना गाली भयो भने म चाहीँ राक्षसै रैछु भन्ने खालको पनि। त्यसले गर्दाखेरी तपाईंले त्यो दिनको बेलकाको फेसबुक र ट्वीटर अथवा अनलाइन मिडिया हेर्नु भएन भने भोलि बिहानबाट भाष्य चेन्ज भइसकेको हुन्छ। त्यसकारण मेरो हम्बल रिक्वेस्ट जुनदिन तपाईंले पब्लिकको अलि बढी चासो भएको मुद्धाको बहस पैरवी वा फैसला गर्नुहुन्छ त्यो दिनको बेलुकाको केही पनि नहेर्नु।’
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया