बिएल संवाददाता
प्रहरीले काठमाडौंको ठमेल क्षेत्रमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा विदेशी महिलाहरूलाई पक्राउ गरेको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले टोलीले ३ देशका ९ विदेशी महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरू भियतनाम, बंगलादेश र युगाण्डाका महिलाहरू रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
ठमेल क्षेत्रमा उनीहरू अवैध गतिविधिमा संलग्न रहेको खुलेको छ। त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकहरूलाई बाटो छेक्ने, अश्लिल हर्कत गर्ने, यौन क्रियाकलापका लागि मोलमोलाई गर्ने गरेको प्रहरीले बताएको छ।
पक्राउ परेका उनीहरूलाई प्रहरी वृत्त लैनचौरमा राखेर अनुसन्धान अघि बढाइएको एसपी भट्टराईले बताए।
पछिल्लो समय अफ्रिकन र केही एसियन मुलुकका महिलाहरू टुरिस्ट भिसामा नेपाल आएर यौनजन्य गतिविधिमा संलग्न हुने क्रम बढेको छ।
केही समयअघि पनि प्रहरीले ठमेल क्षेत्रबाट २० जना युगाण्डाका महिलाहरूलाई पक्राउ गरेको थियो। उनीहरूलाई अध्यागमनले डिपोर्ट गरेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया