कांग्रेस बैठकमा कोइराला, बजगाईं र शर्मालाई स्पष्टीकरण सोध्न प्रस्ताव
सोमबार बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने नेताहरू डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्ने प्रस्ताव भएको छ। गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा धारणा बनाउन सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बसेको थियो। बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने तीन नेताहरूलाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेको नेता शशांक कोइरालाले बताए। उनले आफूले सभापति देउवासँगै सो प्रस्ताव राखेको र सभापतिले स्पष्ट नभनेपनि मौन समर्थन गरेको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं