बिएल संवाददाता
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन्।
आफूभन्दा बरियतामा कनिष्ट रहेका डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएसँगै मल्ल बिदामा बसेकी हुन्। प्रधानन्यायाधीश शर्माको सपथ र पदभार ग्रहण कार्यक्रमसमेत बहिष्कार गरेकी मल्ल केही दिनका लागि बिदामा बसेकी हुन्।
उनीनिकट स्रोतका अनुसार मल्लले न्यायाधीशबाट राजीनामा नदिने मनसाय बनाएकी छन्। संवैधानिक इजलासमा असन्तुष्ट न्यायाधीशहरूको बहुमत पुग्ने भएकोले प्रधानन्यायाधीश शर्मा र बालेन सरकारलाई अप्ठ्यारोमा पार्ने योजनामा रहेको बुझिएको छ।
वरिष्ठताक्रमअनुसार प्रधानन्यायाधीशपछि दोस्रो बरियतामा सपना मल्ल छिन्। त्यस्तै प्रधानन्यायाधीश बन्ने लाइन मिचिएका अन्य दुई न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाल पनि सपना मल्लको कित्तामा उभिएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया