‘अहिले नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ। हाम्रो पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतंकित पनि भएका छन्। पूर्वाग्रह राखेर बसेका छन्, बद्लाको भावनाले उनीहरूलाई पोलिराखेको पनि छ’ उनले भनेका छन् ‘त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ। भ्रष्टाचारको केस जसमा निर्णायाकको आधार चाहिन्छ। माधव नेपालले कसैसँग एक पैसा घुस लिएको भएँ, एकदाम जग्गा घुस लिएको भएँ, अनुचित काम गरेको भएँ, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भएँ त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु।’
बिएल संवाददाता
- काठमाडौं