बिएल संवाददाता
विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रिय सभाबाट रोक्ने तयारी गरेका छन्।
राष्ट्रिय सभाका मुख्य तीन दल नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र एमालेले अध्यादेश रोक्न गृहकार्य सुरु गरेका हुन्। नेताहरूका अनुसार दलहरूबीच लगभग सहमति जुटिसकेको छ।
तर सबै अध्यादेश रोक्ने अथवा केही अध्यादेश मात्र भन्नेमा टुंगो लागिनसकेको एक नेताले बताए। उनका अनुसार अध्यादेश रोक्ने विषयमा सहमति भइसके पनि सबै रोक्ने वा असंवैधानिक भनिएका अध्यादेशहरू मात्र रोक्ने भन्नेमा छलफल भइरहेको छ।
संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेशलाई भने राष्ट्रिय सभामा रोक्न तीनवटै दल सहमत छन्।
कतिपय अध्यादेशका प्रावधान र लाभग्राही पक्षलाई हेर्दा स्वीकार गर्नुपर्ने देखिए स्वीकार्ने पनि सहमति भएको ती नेताले बताए। त्यसअघि अध्यादेशका प्रावधानहरू अध्ययन गरेर निष्कर्ष निकालिने भएको छ।
नेकपाका एक नेताका अनुसार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पारित हुन नदिनेमा विपक्षी दलका नेताहरू नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति गगन थापा एकमत छन्। प्रचण्ड आफैंले विपक्षी दलका नेताहरू ओली र थापासँग संवाद गरिरहेका छन्।
संसद नभएको बेला सरकारले ल्याएको अध्यादेश संघीय संसदका दुवै सदनले अनिवार्य स्वीकृत गर्नुपर्ने व्यवस्था छ।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया