बिएल संवाददाता
अख्तियारले भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडी लगायतमाथि नचलाउने भएको छ।
यसअघि उनीहरूमाथि अनुसन्धान भइरहेको भन्दै विशेष अदालतमा जानकारी पठाएको अख्तियारले अन्ततः ‘कुनै प्रमाण फेला नपरेको’ भन्दै मुद्धा चलाउने भएको हो।
अख्तियार स्रोतका अनुसार तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईभन्दा माथि जान कुनै प्रमाण भेटिएन। प्रमाण नै नभेटिएपछि उनीहरुमाथि मुद्धा नै नचल्ने गरी फाइल बन्द गरेको हो।
स्रोतले भन्यो, ‘तत्कालिन प्रमुख अध्यागनम अधिकृतभन्दा माथि जान कुनै प्रमाण नै फेला परेर। प्रमाण नै नभएपछि मुद्धा चलाउन सम्भव छ र?’
७ जेठ, २०८२ मा अध्यागमनका सहसचिव तिर्थराज भट्टराई पक्राउ परेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो।
कर्मचारीहरूलाई सेटिङमा विमानस्थल अध्यागन पुर्याएर पैसा उठाउने र भागबण्डा गर्ने गरेको भन्दै सो प्रकरणमा तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव दुवाडी, सहसचिव छविराज रिजाल लगायतहरू मुछिएका थिए। रिजाल पछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेत भएका थिए।
२१ मंसिर, २०८२ मा सहसचिव भट्टराई लगायतमाथि अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्धा दायर गर्ने बेलामा नै विशेष अदालतमा विवरण पठाएर पूर्वगृहमन्त्री लेखक लगायत उच्च पदस्थमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो।
विशेष अदालतले ०७४ सालमा फरक घटनाक्रम, व्यक्ति संलग्न भएको विषयमा छुट्टाछुट्टै आरोपपत्र ल्याउन निर्देशन दिएकोले त्यसैलाई आधार बनाएर अख्तियारले कतिपय मुद्धा टुंग्याएर विशेष अदालतमा आरोपपत्र पेश गर्दै आएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया