बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं प्रतिनिधि सभाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधान न्यायाधीश नियुक्तिमा वरिष्ठताभन्दा योग्यतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
शनिबारबाट सुरु भएको पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रम स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले योग्य नछानी वरिष्ठतमलाई मात्रै सिफारिस गर्ने भए अरूलाई किन सिफारिस गर्नुपर्यो? भन्दै प्रश्न गरे।
परम्परा भन्दै विगतका गतिविधिलाई निरन्तरता दिँदै जाँदा परिवर्तन सम्भव नहुने उनको तर्क छ।
उनले भने, ‘६ जना मध्येबाट योग्य छान्ने हो। योग्य नछानी वरिष्ठतमलाई मात्रै नियुक्त गर्ने हो भने अरूलाई किन सिफारिस गर्नुपर्यो? विगतदेखि चलिआएको परम्परालाई मात्रै निरन्तरता दिँदै जाने हो भने परिवर्तन सम्भव हुँदैन। हामीले गर्न खोजेको के हो भने योग्य मध्येबाट योग्य छान्नुपर्यो।’
उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया संसदीय सुनुवाइमार्फत अघि बढिसकेको भन्दै उनले सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध उजुरी संकलन प्रक्रिया समेत सुरु भइसकेको बताए।
उनले भने, ‘संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको छ। १० दिनको समय सीमा राखेर सूचना प्रकाशित भइसकेको छ। जेठ ४ गतेसम्म सिफारिस भएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए संकलन गरिनेछ र त्यसपछि प्रक्रिया थप अगाडि बढाइनेछ।’
हाल प्रक्रिया संसदीय सुनुवाइ चरणमा रहेकाले सिफारिस भएका व्यक्तिहरू योग्य हुन् वा होइनन् भन्ने विषयमा अहिले नै थप टिप्पणी गर्नु उपयुक्त नहुने बताए।
उनले भने, ‘यो एउटा संसदीय सुनुवाइ प्रक्रियामा प्रवेश गरेको छ। प्रक्रिया नसकिएकाले अहिले थप टीका टिप्पणी गर्नु उपयुक्त हुँदैन।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया