बिएल संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा केही बेरमा सार्वजनिक गर्ने भएको छ।
नतिजा सार्वजनिक गर्नुपूर्व बोर्ड सदस्यहरूलाई डेमो प्रदर्शन गरिसकिए र डेमो सफल भएसँगै केही बेरमा रिजल्ट सार्वजनिक गर्ने तयारी गरिएको बोर्डले आधिकारिक फेसबुक पेजबाट जानकारी दिएको हो।
यस वर्ष गत चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी भएका थिए।
विगतका वर्षहरूमा परीक्षा सम्पन्न भएको करिब तीन महिनामा रिजल्ट आउने परम्परा यो वर्षबाट तोडिएको छ। यसवर्ष परीक्षा सकिएको एक महिनाभित्रै परीक्षाफल प्रकाशित हुन लागेको हो।
कसरी हेर्ने नतिजा?
बोर्डका अनुसार एसएमएस, आईभीआर र वेबसाइटबाट नतिजा हेर्न सकिने छ।
त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट (www.see.gov.np), राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र नेपाल टेलिकम (www.see.ntc.net.np)लगायतबाट नतिजा हर्न सकिन्छ।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया