बिएल संवाददाता
पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अब आफूलाई नभइ बालेनको श्रीमतीलाई आमा भन्न आग्रह गरेकी छन्।
शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसमा आयोजित कार्यक्रममा सहभागी भएर फर्किने क्रममा एक पत्रकारले ‘आमा’ भन्दै सम्बोधन गरेपछि कार्कीले आक्रोश मिश्रित भावमा अब आफूलाई आमा नभन्न भनेकी हुन्।
सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा दर्शन’ भनेर सम्बोधन गरेपछि कार्कीले प्रतिप्रश्न गर्दै भन्छिन्– ‘को हो आमा भन्ने?’
साह– ‘मैले भनेको।’
कार्की– ‘तिमीहरूको आमा नै फेरिइसक्यो। म मेराे बच्चाकाे मात्रै आमा हाे।’
साह– ‘केही फरक पर्दैन, आमा फेरिंदैन।’ (माइक उनीतर्फ सोझ्याउँछन्।)
कार्की– ‘बालेनको श्रीमतीलाई आमा भन, अब।’
साह– ‘तपाईं देशकै आमा हो।’
कार्की– ‘होइन, होइन…।’
त्यसपछि कार्की त्यहाँबाट हिँड्छिन्।
संवैधानिक परिषद्ले वरियतामा पहिलो नम्बरमा रहेकी सपना प्रधान मल्लसहित ३ जनालाई उछिनेर प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई नियुक्त गर्न सिफारिस गरेपछि कार्की बालेन सरकारसँग चिढिएकी छन्।
त्यसयता उनले सरकारविरुद्ध आक्रोश व्यक्त गर्दै आएकी छन्। उनले सरकारले परम्परा मिचेर गम्भीर गल्ती गरेको उनले चेतावनी दिएकी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया