हितेन्द्रलाई रिमालको सान्त्वनाः बत्तीमुनी बसेर पोस्ट गर्दै ‘बिजुली गयो’ भन्ने भाष्य बनाइदैछ
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणको निर्देशक हितेन्द्र शाक्यलाई सान्त्वना दिँदै उनी काबिल र इमान्दार कर्मचारी भएको बताएका छन्। पछिल्लो समय हितेन्द्र पाधिकरणको नेतृत्वमा आएसँगै विद्युत जाने समस्या बढेपछि उनीविरुद्ध सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ। आलोचना बढेपछि हितेन्द्रले पनि पत्रकार सम्मेलन गर्दै खण्डन गरिरहेका छन्। यस्तैमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले पनि शाक्यलाई सान्त्वना दिएका हुन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै रिमालले बलेको बत्तीमुनी बसेर पोस्ट गर्दै बिजुली गयो भन्ने भाष्य बनाइन थालेको भन्दै हितेन्द्रलाई सजग रहन भनेका हुन्।
बिएल संवाददाता - काठमाडौं