बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई फेरि २ दिन प्रशिक्षण गर्ने भएको छ।
रास्वपा प्रशिक्षण विभागका अनुसार यही वैशाख २६ र २७ गते सांसदहरूका लागि दोस्रो चरणको प्रशिक्षण कार्यक्रम राखिएको छ।
यसअघि गत चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिप आवासीय प्रशिक्षण दिएको रास्वपाले यसपटक भने संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म दुई दिने प्रशिक्षण दिन लागेको हो।
सरकारले ८ वटा अध्यादेश ल्याएपछि वैशाख २८ गतेका लागि संघीय संसद अधिवेशन आह्वान भएको छ।
बजेट अधिवेशनको पूर्वसन्ध्यामा सांसदहरूलाई संसदमा प्रभावकारी भूमिकाका लागि प्रशिक्षण दिन लागेको बताइएको छ।
रास्वपाका बेलगाम सांसदहरूका पछिल्ला अभिव्यक्ति र गतिविधिले पार्टीकै छविमा आँच पुगेको भन्दै पार्टीभित्रै फेरि अर्को प्रशिक्षणको माग बढेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया