बिएल संवाददाता
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी नेपाली कांग्रेस प्रवेश गरेकी छन्।
बिहीबार कांग्रेस प्रवेश गरेको तस्बिर राख्दै अन्सारीले ‘विधिवत रूपमा राजनीतिक जीवनमा प्रवेश गरेको’ बताएकी छन्।
अनसारीले लेखेकी छिन्, ‘आजबाट विधिवत् रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु। नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकाङ्क्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका साथ अगाडी बढेको छ। एउटा कुरा स्पष्ट छ जुन पार्टीले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको बीजारोपण गरेको थियो।आजबाट विधिवत् रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको छु।’
जेनजी आन्दोलनपश्चात् बदलिएको कांग्रेस र जरा अभियान मार्फत सबैलाई जोड्ने सन्देशका साथ, नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने उनको प्रतिवद्धता छ।
यसअघि रास्वपाको समानुपातिक सूचीमा रहेकी अन्सारीलाई चौतर्फी आलोचनापछि पार्टीले नाम हटाएको थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया