बिएल संवाददाता
सांसदहरूको प्रशिक्षण कार्यक्रम होटल र सापटीको हलमा गरेको भन्दै असन्तुष्टि पोखेकी आशिका तामाङलाई रास्वपाले स्पष्टीकरण सोध्ने तयारी गरेको छ।
आशिकाको सार्वजनिक अभिव्यक्ति पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले नोटिसमा लिइसकेको एक नेताले बताए।
पार्टीको सम्बन्धित ठाउँमा गुनासो नगरेर सामाजिक सञ्जालमार्फत पार्टी निर्णयविपरितको अभिव्यक्ति दिएको आरोपमा उनीमाथि स्पष्टीकरण सोधिने ती नेताले बताए।
आशिकाले परिवर्तनको कुरा गर्ने पार्टीले नै पुरानै ढर्राको राजनीति गरेको भन्दै रोष पोखेकी थिइन्।
उनले भनेकी छन्, ‘संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल सापटी लिएर गर्नु पर्ने कुनै बाध्यता पक्कै होइन होला? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति, बाहिर किन आखिर? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखाजोखा कसले गर्ने?’
सांसदको सुरक्षाकै लागि गरिएको भए पनि एकदिन मात्रै सुरक्षा चाहिने हो? भन्दै उनले प्रश्न गरेकी छन्।
‘कि सांसदहरूलाई सुरक्षाको लागि महंगा हलहरूमा कार्यक्रम गरिएको हो भने के एकदिन मात्र चाहिने हो सुरक्षा? अरु दिन चाहिँ पर्दैन? हामी आफैं परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उही भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त?’ उनले भनेकी छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया