बिएल संवाददाता
रास्वपा सांसद आशिका तामाङले सांसदहरूको प्रशिक्षण कार्यक्रम होटल र सापटीको हलमा गरेको भन्दै असन्तुष्टि पोखेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले परिवर्तनको कुरा गर्ने पार्टीले नै पुरानै ढर्राको राजनीति गरेको भन्दै रोष पोखेकी हुन्।
उनले भनेकी छन्, ‘संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल सापटी लिएर गर्नु पर्नु कुनै बाध्यता पक्कै होइन होला? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति, बाहिर किन आखिर? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखाजोखा कसले गर्ने?’
सांसदको सुरक्षाकै लागि गरिएको भए पनि एकदिन मात्रै सुरक्षा चाहिने हो? भन्दै उनले प्रश्न गरेकी छन्।
‘कि सांसदहरूलाई सुरक्षाको लागि महंगा हलहरूमा कार्यक्रम गरिएको हो भने के एकदिन मात्र चाहिने हो सुरक्षा? अरु दिन चाहिँ पर्दैन? हामी आफैं परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उही भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त?’ उनले भनेकी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया