शनिबार, ०९ अगस्ट २०२५

प्रचण्डको गुनासोः १७ हजारको हत्यारा भन्छन्, एक जनालाई पनि पिटेको छैन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पछिल्लो समय आफूलाई ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइएको भन्दै गुनासो गरेका छन्। शनिबार खिमलाल देवकोटाद्वारा लिखित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई हत्यारा भनिरहँदा आफूले एकजना मान्छेलाई पनि कहिल्यै नपिटेको बताए। ‘एकथरी मानिसहरू इतिहासलाई पछाडि धकेल्न चाहनेले १७ हजारको हत्यारा भनिरहँदा यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो। राज्यपक्ष र विद्रोहीले कति गर्‍यो भन्ने कुरा अध्ययन गर्न सकिन्छ। आजभोलि त प्रचण्डले भन्न थालिएको छ,’ प्रचण्डले भने, ‘मैले एक जनालाई पनि पिटेको छैन अहिलेसम्म। हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु। तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीवीबाट यसमा खण्डन भएको देखिँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ईश्वर पोखरेलको घोषणाः भ्रष्टाचारीहरू एमाले हुन सक्दैनन्

फरक प्रसंगमा उनले गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा दोषी ठहरिए पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि दण्डित गरिने अभिव्यक्ति दिए। घटनाको सम्पूर्ण जवाफेही पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने बताउँदै पोखरेलले दोषी देखिए पूर्वराजा नै भएपनि नागरिक सरह दण्डित हुने दाबी गरे। उनले भने, ‘तीनकुनेमा भएको सम्पूर्ण कामको जवाफदेही त्यसको योजनाकार पूर्वराजा ज्ञानेन्द्र थिए। जसलाई यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा जानकारी गराउन चाहन्छु। वास्तवमा यो चिजलाई भड्काएर देशलाई फेरि द्वन्द्वमा, हिंसामा लैजाने कोसिस भएको थियो। त्यसलाई हामीले बुझेका छौं। राज्यको तर्फबाट यथोचित छानबिन हुन्छ। त्यो दण्डनीय छ भने एउटा नागरिकले जसरी गलत काम गरेवापत दण्डको भागीदार हुनुपर्छ। त्यस्तै किसिमको भागीदार बनाउनेछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

१०० जनालाई पार्टीमा भित्र्याएपछि प्रचण्डले खोजे ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गरेका छन् ।  शनिबार पार्टी प्रवेश गराउने क्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचन प्रणाली देशलाई आवश्यक रहेको बताएका हुन् ।   उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो निर्वाचन प्रणाली पनि यो देशलाई आवश्यक छ भनेर भनिराख्दा हामीले देशमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा एउटा अभियान सुरु गरेका थियौं।’ यस्तै, उनले जनतामा अहिले निकै ठूलो आक्रोश रहेको भन्दै यो अवस्थामा देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले प्रवेश गरिन् ‘रास्वपा नगरसचिव’ प्रियाकुमारी राई, ओलीले गरे स्वागत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ प्रियाकुमारी राई नेकपा (एमाले) प्रवेश गरेकी छन्। नेकपा (एमाले)को झापा जिल्ला कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभामा रास्वपाको उदयपुरको चौदण्डीगढी नगरपालिका सचिव राई एमालेमा प्रवेश गरेकी हुन्। उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे। राई भूपु सैनिक आवासीय माविकी प्रिन्सिपल पनि हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

झापा पुगेर ओलीले भनेः अरुले २० वर्षमा नसकेको काम हामीले तीनवर्षमा गर्‍यौं

प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले २०औं वर्षमा गर्न नसकेको काम आफूले ३ वर्षमा गरेको दाबी गरेका छन्। शनिबार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदनभण्डारीजस्ता राजमार्ग तीन वर्षमा बनाइएको बताएका हुन्। प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए। प्रधानमन्त्रीले स्टन्टबाजी गरेर देश चल्न नसक्ने बताए। उनले भने, ‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडी हाँक्छु भनेजस्तै हो।’ उनले राजनीति अस्थिर भएपछि अनेक मानिसहरू निस्किएको बताए। देशमा स्थायीत्व ल्याउने उदेश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ। उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौं। अब देशले थप गति लिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - झापा

देउवाको सुझावः सहकारीहरू धेरै बदनाम भए, ‘बीपी सहकारी’ले यस्तो नगरोस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको नामबाट स्थापना भएको सहकारीले बदनाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७ औं वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठूलो बदनामी भइरहेको बताउँदै यस्तो अवस्थामा स्थापना भएको सहकारीले राष्ट्रको लागि काम गर्नुपर्ने बताए। उनले भने, ‘बीपी कोइरालाको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको अनियमित, बदनाम र आलोचना हुने काम गर्ने छैन भन्ने विश्वास छ। अहिले सहकारीको धेरै ठूलो बदनामी भइरहेको छ। यस्तो हुनु हुँदैन।बीपी कोईराला जस्तो हाम्रो जननायक नेताको नामबाट स्थापना भएको सहकारीले अवश्य नै सच्चा मानेमा, राष्ट्रको लागि राम्रो काम गर्ने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीका दुईसाताः थाइल्याण्ड गए, आए, भाषणमा समय बिताए

प्रधानमन्त्री केपी शर्मा ओली गत हप्ता थाइल्याण्डको ऐतिहासिक भ्रमणमा निस्केका थिए। ‌थाइल्याण्ड भ्रमणबाट फर्किएका उनले आफ्नो अधिकांश समय भ्रमण, उद्घाटन र शिलान्यासमा बिताए। ओलीको पछिल्लो एक साता त्यति सन्तोषजनक छैन्। सडक आन्दोलनले ओली सरकारको टाउको दुखाइ बनेको छ। पछिल्लो साता देशभित्रको राजनीतिक अस्थिरता र सडक आन्दोलनको सम्बोधन वा जनताका मुद्दाभन्दा पनि ओलीको समय विदेशी मञ्च र औपचारिक कार्यक्रममा बढी बित्यो। चैत १७ देखि २९ गतेसम्मको अवधिमा प्रधानमन्त्री ओलीले विदेशी भ्रमण, संसदमा सम्बोधन, पार्टी अधिवेशन, व्यवसायीहरूका कार्यक्रमदेखि मधेस प्रदेश सभामा सम्बोधनमा व्यस्त देखिए। यो दौडधुपले उनलाई सडक आन्दोलनका क्रममा उठिरहेका माग हरूका सम्बन्धमा सम्बोधन गर्ने फुर्सद नै पाएका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सबै नेता उस्तै हुन्’ भन्ने भाष्य नै अवैज्ञानिक छ: प्रचण्ड

(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सबै नेता उस्तै हुन् भन्ने भाष्य गलत भएको दाबी गरेका छन्। शनिबार वर्तमान राजनीतिक परिप्रेक्ष्यका विषयमा कुराकानी गर्दै प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान चलाउने सरकार र भ्रष्टाचारीलाई  बचाउन सम्पूर्ण शक्ति प्रयोग गर्ने सरकार उस्तै हुन् भन्नु गलत र अवैज्ञानिक रहेको बताएका हुन्। ‘जसरी सबै नेता उस्तै भन्ने छ, त्यो गलत छ भन्ने मेरो भनाई छ। मेरो त गहिरो आरोप छ। मान्छेहरूले यस्तो किन भन्छन्?’ उनले भने। उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्ग र उत्तर-दक्षिण करिडोरको प्रस्ताव ल्याएको भन्दै दास्रो पटकमा लोडसेडिङ अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महेश बस्नेत भन्छन्ः अबको राजनीति ‘प्रचण्ड मुक्त’ हुनुपर्छ

नेकपा एमालेका नेता महेश बस्नेतले आजको राजनीतिक प्रचण्डमुक्त हुनुपर्ने टिप्पणी गरेका छन्। पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको अध्क्ष बन्न आग्रह गरेको देखि कांग्रेस नेता शेखर कोइरालालाई प्रधानमन्त्री बन्न गरेको आग्रहसम्म हेर्दा प्रचण्डको अस्थिरता पुष्टि हुने उनको बुझाइ छ। बस्नेतले शनिबार सामाजिक सञ्जालमार्फत प्रचण्डले राजावादीको सक्रियतालाई देखाएर विद्या भण्डारीलाई एमालेको अध्यक्ष बन्न र माधव नेपालसहित आफू पनि कम्युनिष्ट एकतामा आउन तयार रहेको अधिव्यक्ति दिन थालेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी अस्पतालका अध्यक्ष कांग्रेस नेता भन्छन्- हाम्रो सहकारी ‘रविको सहकारी’ होइन, ठग्दैनौं

बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडका अध्यक्ष एंव कांग्रेस नेता उमेशजंग रायामाझीले आफ्नो सहकारी ‘रविको सहकारी’ नभएको भन्दै भ्रष्टाचार र ठगी नहुने टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले बीपीको नाममा स्थापना भएको संस्थाले ठगी नगर्ने दाबी गरेका हुन्। उनले भने, ‘केही कमिकमजोरीहरू भएका छन्, यी कुरालाई ध्यानमा राखेर काम गरेका छौं। यो सहकारी ‘रविको सहकारी’ होइन। यसले भ्रष्टाचार गर्दैन, यो ठगी गर्ने संस्था होइन, स्वास्थ्य सेवा दिन बीपीको नाममा स्थापना भएको संस्था हो। एक पैसा खाने छैन र खान दिनेछैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी विमानवाहक ‘यूएसएस कार्ल भिन्सन’ लालसागरमा, हुथीसँग बढ्यो तनाव

संयुक्त राज्य अमेरिका र हुथी विद्रोहीबीचको तनाव बढेको छ। यमनमा हुथी नियन्त्रित क्षेत्रहरूमा अमेरिकी हवाई आक्रमण बढेपछि त्यसको विरोध सुरु भएको छ। शुक्रबार त्यहाँ विशाल प्रदर्शन गरिएको छ। शुक्रबार साँझ, यमनको हुथी समूहले विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले राजधानी साना र पश्चिमी अल हुदैदाह गभर्नरेटमा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी बी-२ बमवर्षक विमानहरू यमनी हवाई क्षेत्रमा प्रवेश गरेको र धेरै प्रान्तहरूमा उडान गरेका थिए। तर आक्रमण गरेको भन्नेबारे पुष्टि भइसकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

योगी आदित्यनाथबारे के भने देउवाले?

‘अस्ति मैले बोल्दा गलत सूचना भयो। भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु। उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो’ शनिबार स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिकोत्सवलाई सम्बोधन गर्दै देउवाले भने ‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो। दूतावासमा आउनुभएको होइन। यो पनि म खण्डन गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काँग्रेस सत्तामा छ तर सरकारमा छैन: कोइराला

‘नेपाली काँग्रेस पनि सरकार छ। तर मैले भन्ने गरेको छु, काँग्रेस सत्ता छ, सरकारमा छैन। एमाले नै कुनै ठाउँमा नेपाली काँग्रेसको प्रतिस्पर्धी हो। त्यसैले अहिले यो सरकारलाई हामीले खबरदारी गर्नुपर्छ भनेको हो। नत्र काँग्रेस नै अप्ठ्यारोमा पर्छ’ बिपी स्मृति अस्पतालको एउटा कार्यक्रममा कोइरालाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शिक्षक आन्दाेलनका कुरा लण्डनसम्मै

महिनादिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका सरकारी शिक्षकहरूको आन्दोलन बारे लण्डनमा चर्चा भएको छ।  त्यहाँ भइरहेको इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस् फेडेरेशनको चालु विश्व कार्य समितिको बैठकमा यहाँका शिक्षकहरुको आन्दोलनबारे कुरा उठेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा बिना दर्ता ३० दिन भन्दा बढी बसे हुनसक्छ जेल

‘राष्ट्रपति ट्रम्पले पनि भनिसक्नु भएको छ कि यदि तपाईंहरू विदेशी नागरिक हुनुहुन्छ र अमेरिकामा ३० दिनभन्दा धेरै समयसम्म बसिरहनुभएको छ भने तुरन्त हाम्रो कानुनअनुसार दर्ता हुनुस्। नत्र तपाईंलाई जेल, जरिवाना र देश निकालासम्म हुनसक्छ। त्यसपछि तपाईं कहिल्यै अमेरिका प्रवेश गर्न पाउनुहुनेछैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘यो ब्यापार युद्ध कसैले जित्दैन, बरु सुरु गर्ने नै पराजित हुनेछ’

‘यो कसैले जित्ने युद्ध होइन। संसारको नियमविपरीत जानु भनेको बरु आफैले हार्नु हो’ शुक्रबार स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँगको भेटका क्रममा उनले भनेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले खेलकुद क्षेत्र कुनै पनि राष्ट्रको पहिचान र गौरवको आधारशिला भएको बर्ताएका छन्। शुक्रबार साँझ सशस्त्र प्रहरी बलद्धारा आयोजित प्रथम ‘एपीएफ-महिन्द्रा स्पोर्टस अवार्ड-२०८१’ कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले खेलकुदले केवल शारीरिक व्यायाम, मनोरञ्जनको माध्यम मात्र नभई समाजमा एकता, अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावनालाई पनि प्रोत्साहन गर्ने गरेको धारणा राखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमाले-काँग्रेसकाे एक स्वर: दुर्गा प्रसाईंलाई ‘शूट’ गर्नुपर्थ्याे, ज्ञानेन्द्र शाहलाई थुन्नुपर्छ (भिडओसहित)

चैत १५ गतेकाे घटनाबारे भएकाे छलफलमा दुबै दलका सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहदेखि दुर्गा प्रसाईंसम्मलाई कारबाहीकाे दायरामा ल्याउपर्ने बताएका थिए।  काँग्रेस सांसद नागिना यादवले त निकै आक्राेशित भएर त्याे दिन आफू मन्त्री भएकाे भए दुर्गा प्रसाईंलाई शूट गर्ने आदेश दिने थिएँ भन्ने अभिव्यक्ति दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केपी ओलीबिनाको एमाले बनाउँछौं भनेर चिच्याउनेहरू आफै सकिएका छन्- प्रधानमन्त्री ओली

‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन्। म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरु पार्टीमा आउनेछन्। यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छौं। मान्छेको घरमा आगो लगाएर  र पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन्’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज तीन संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने कार्यतालिका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं