बिएल संवाददाता
सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका युवराज पौडेल (सफल)लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कौशलेश्वर ज्ञवालीको इजलासले आज थुनछेक आदेश गर्दै अदालतले धरौटी रकम बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
धरौटी बुझाउन नसकेको खण्डमा उनलाई थुनामा पठाउन इजलासले आदेश दिएको छ।
पौडेलविरुद्ध नेपाल सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा मुद्दा दायर गरेको थियो।
महान्यायाधिवक्ताको मानमर्दन हुने, घृणा र द्वेष फैलाउने खालका भ्रामक भिडियो सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लगाइएको छ।
अदालतमा बयान दिने क्रममा पौडेलले गल्ति महसुस गर्दै माफी मागेपछि धरौटीमा रिहा गर्न अदालत राजी भएको हो। विवादित भिडियोहरू सामाजिक सञ्जालबाटसमेत हटाइसकेको पौडेलले इजलासमा जानकारी गराएका थिए।
रास्वपा सभापति रवि लामिछाने विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरू महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिन खोजेको सुनेपछि ‘आवेगमा आएर’ बोलेको उनले स्वीकार गरेका छन्।
अदालतले पौडेलको साबिती बयान, उनले व्यक्त गरेको पश्चाताप र कसुरको प्रकृतिलाई मध्यनजर गर्दै तत्काल पुर्पक्षका लागि थुनामा राखिरहनु नपर्ने ठहर गरेको छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम अदालतले धरौटी माग गर्ने निर्णय गरेको हो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया