शनिबार, ०९ अगस्ट २०२५

लोकरिझ्याइँको राजनीति

हामी सबैलाई थाहा छः राजनीति मुलुक र जनताको मार्गनिर्देशन गर्ने साधन हो। यथार्थमा हुनुपर्ने नीतिको राज हो। तर, विडम्बना नीतिमाथि राज भइदिँदा यही राजनीतिमा स्वार्थ र धूर्तता मक्किएर विचारधारा बन्धक बनेको छ। जसको परिणाम स्वरुप जनतामा निराशा र वितृष्णा उत्पन्न भएको हो। समृद्धि ल्याउँछौं, शिक्षा, स्वास्थ्य निःशुल्क बनाउँछौं, भ्रष्टाचार अन्त्य गर्छौं भनेको जनताले बर्षौंदेखि सुनेका छन्। तर सत्तामा पुगेपछि चुनावी नारा भुलिन्छन्, बाचा कागजमै सीमित रहन्छन्। जसको परिणाम स्वरुप आज जनता निराशा र वितृष्णाले ग्रस्त भएका छन्। जनतामा फैलिएको यही चरम निराशा र वितृष्णाको फाइदा उठाएर आफ्नो स्वार्थको रोटी सेक्न विभिन्न वर्ग र समूहहरू सलवलाउन थालेका छन्। जो राजनीतिलाई केवल शक्ति हत्याउने औजार ठान्छन्। उनीहरू सँग न कुनै योजना छ, न कुनै दृष्टिकोण छ, न त कुनै विचार छ, न त नेतृत्व दिन सक्ने सामर्थ्य नै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री भन्छिन्ः विदेशबाट आउने अनुदान अझै घट्ने सम्भावना छ (भिडियोसहित)

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भिरतापूर्वक काम गरिरहेको छ। राजश्व अहिले बढेको अवस्था छ, हाम्रो टेक्सबेस  पनि बढाएर लगेका छौं। विदेशबाट आउने अनुदान जुन थियो त्यो अहिले संकुचित भएको छ। यो अझै पनि घट्ने सम्भावना छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार अन्त्य गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रहरू देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ। आत्मविश्वासका साथ लागेको छ। देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र  गतिमा अगाडि बढ्नुपर्ने छ। यसमा निजी क्षेत्र र सरकारको सहकार्यको  आवश्यकता छ। सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौं, देश विकास गर्न सक्छौं। स्थिरता,  स्थायीत्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेण्डा हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीनिकट शिक्षकहरूसँग देउवाको भेट, भने- तपाईंहरूको माग कांग्रेसले सम्बोधन गर्छ

कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरसहित शिक्षक संघका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन्। देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको बताएका थिए। शिक्षा विभाग प्रमुख महरले पनि कांग्रेस शिक्षकको साथमा रहेको बताएका छन्।  ‘शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापतिले मलगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्नु भएको हो। उहाँ यो विषयमा निकै गम्भीर हुनुहुन्छ। शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा पार्टी दृढ छ,’ महरले भने। सभापति देउवाको शिक्षकहरूसँग छलफल निकासका लागि उत्साहजनक भएको उनले बताए। यसअघि नै महरले विज्ञप्ति जारी गर्दै सरकारसँग आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न माग गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजु पाण्डेलाई तत्काल निलम्बन गर्न महानगरका कर्मचारी संगठनको माग

काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनले नगर प्रहरी पप्रमुख राजु पाण्डेलाई तत्काल निलम्बन गर्न माग गरेका छन्।  नगर कार्यपालिकासमक्ष ११ बुँदे माग अघि सारेका पाँच संगठनले पहिलो बुँदामै पाण्डेलाई निलम्बन गरी छानबिन समिति बनाउँन माग गरेका हुन्। केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गर्न रोक लगाउने क्रममा भएको नगर प्रहरिको व्यवहारप्रति प्रश्न उठाउँदै उनीहरूले पाण्डेलाई तत्काल निलम्बन गरी तीन दिनभित्र छानबिन समिति बनाउँ माग गरेका छन्। मागपत्रको पहिलो बुँदामा भनिएको छ, ‘चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलपति ओलीद्वारा त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले बिहीबार उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको हो। गत वर्षको फागुन १० मा त्रिवि उपकुलपतिमा नियुक्त भएका बरालले गत चैत चैत ११ गते राजीनामा दिएका थिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका बरालको ट्युनिङ प्रधानमन्त्री ओलीसँग मिल्न नसकेको बताइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्वाला संग्रौलाविरुद्ध अदालतको अवहेलना मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका सङ्ग्रौला उर्फ ज्वालाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश र अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको आरोप लगाउँदै अवहेलना मुद्दा दर्ता गरिएको हो। काठमाडौं खुला विश्वविद्यालयमा एलएलबी प्रथम वर्षमा अध्ययनरत प्रान्ज्वल केसीले बुधबार सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन्। केसीले संग्रौलाले अदालतलाई धम्कीको भाषा प्रयोग गरी त्रासमा पार्न खोजेको, न्यायाधीशको मानमर्दन गरी आम जनतामा अदालतप्रति भ्रम सिर्जना खोजेको भन्दै अवहेलना मुद्दा दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल बारमा कांग्रेस-एमाले गठबन्धनको क्लिनस्वीप (नामावलीसहित)

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा. विजयप्रसाद मिश्र विजयी भएका छन्। एसोसिएसनको २७औं केन्द्रीय कार्यसमिति निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै मिश्र विजयी भएको घोषणा गरिएको हो। बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डा. मिश्र विजयी भएका हुन्। उनी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष बनेका हुन्। बारमा मिश्रको प्यानल नै विजयी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पत्रकार समाज सुधारको जिम्मेवार हुन्ः प्रहरी प्रवक्ता

नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले पत्रकारिता राज्यको चौथो अंग भएकाले यसले समाज कस्तो बनाउने भनेर निर्धारण गर्ने बताए।  उनले भने, ‘हामी पत्रकारितालाई राज्यको चौथो अंग भन्छौ। यसले अहिले समाज कता गइरहेको छ र समाज कस्तो बनाउने भनेर स्पष्ट रुपमा देखाउँछ। किनभने हामीले तयार गरेको भिडियोले के देखाउँछ, हामीले के देखाउँछौ त्यसकै आधारमा मान्छेको धारणा बनाउछन्। हामीले समाजलाई तस्बिर दिन्छौं। त्यो तस्बिर समाजले हेर्ने भएकाले समाज हामीले बनाउने हो।’ उनले आजको समाजले हरेक कुरालाई सामाजिक सञ्जालमार्फत नकरात्मक रुपमा मात्र लिइरहेकाले समाज एग्रेसिभ भएको बताए। समाज सुधारका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल एकता पार्टीद्वारा राजावादी नेताहरूलाई अभिनन्दन

नेपाल एकता पार्टीले राजावादी आन्दोलनका क्रममा पक्राउ परेका, नजरबन्दमा रहेका र फरार रहेका नेताहरूलाई नागरिकलाई अभिनन्दन गरेको छ। पार्टीका अध्यक्ष महेन्द्रजंग शाहसहितका नेताहरूले घरमै नजरबन्दमा राखिएका राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी, प्रहरी हिरासतमा रहेका राप्रपा नेपालका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य धवलशमशेर राणा र राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई भेटेर अभिनन्दन  गरेका हुन्। पार्टीले तीनकुने आन्दोलनपछि फरार रहेका कमाण्डर दुर्गा प्रसाईंलाई समेत अभिनन्दन गरेको पार्टीका प्रवक्ता उज्वल घिमिरेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा छः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग वाणिज्य महासंघले लामो समयदेखि नेपाली उद्योग व्यवसायको प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उदघाटन समारोहमा बोल्दै  मन्त्री  भण्डारीले निजी क्षेत्रको छाता संगठनको रुपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान अतुलनिय रहेको बताएका हुन्। उनले भने, ‘विश्वव्यापी आर्थिक मन्दीको प्रभाव, कोभिड-१९ को महामारीले सिर्जना गरेको अवरोध र भूराजनीतिक अवस्थाका कारणले अर्थतन्त्रमा केही दबाव महसुश भएको  छ। तर सरकार चुनौतिहरूको सामना गर्दै अर्थतन्त्रलाई पुनः लयमा फर्काउन र दिगो  आर्थिक विकासको मार्गचित्र कोर्न दृढसंकल्पित रहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रचण्ड सरकार’को कारण मुलुक ‘ग्रे लिस्ट’मा पर्‍योः अर्थमन्त्री पौडेल

उनले भने, ‘औपचारिक रुपमा ‘ग्रे-लिस्ट’मा लिस्टिङ भएका छौं। पहिलाका काम कारवाहीले गर्दा ‘ग्रे-लिस्ट’मा पर्ने अवस्था बनेको हो। यो सरकार बनेपछि भएका कामहरूका कारणले मुलुक ‘ग्रे-लिस्ट’मा गएको होइन। अगाडिको समयमा जे काम गर्नुपर्ने थियो, जे काम गर्छौ भनेर प्रतिबद्धता गरेका थियौं त्यो काम गर्न नसक्दा मुलुक ‘ग्रे-लिस्ट’मा पुगेको हो। ‘ग्रे-लिस्ट’बाट बाहिर आउने सन्दर्भमा एउटा कार्यतालिका बनाएका छौं। सोही हिसाबले कामहरू पनि अगाडि बढाउने तयारीमा छौं। समयावधीभन्दा पहिलै ‘ग्रे-लिस्ट’बाट बाहिर निस्किने आशा छ।’ साथै, उनले खर्चको व्यवस्थापनको सन्दर्भमा कानूनी व्यवस्था अध्यावधि गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले विनियोजन कौशलले पनि पुँजीगत खर्च न्यून हुनुमा भूमिका खेलेको बताए। उनले भने, ‘चालु आर्थिक वर्षमा राजस्व परिचालनको लक्ष्य ३३ प्रतिशत थियो। खर्चको व्यवस्थापनको सन्दर्भमा केही समस्याहरू छन्। सार्वजनिक खरिद ऐन, नियमावली अध्यावधिक गर्नुपर्ने कारणले गुणस्तर र निश्चित लागतमा आयोजनाहरू समयमा सम्पन्न हुन सकेको छैन्। यी समस्याहरू समाधान गर्ने हिसाबले कानूनी व्यवस्था अध्यावधि गर्नुपर्ने आवश्यकता छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिका जाने चिनियाँ नागरिकका लागि ‘सावधानीपूर्ण’ एड्भाइजरी

‘चीन-अमेरिकाको आर्थिक तथा ब्यापारिक सम्बन्धमा आएको तनाव तथा अमेरिकाको घरेलु सुरक्षाका अवस्थाका कारण अमेरिका यात्रा गर्दा हुने जोखिमहरूको मूल्याङ्कन गर्न सावधानीपूर्वक यात्रा गर्न चिनियाँ नागरिकलाई स्मरण गराउन चाहन्छौं’ मन्त्रालयले भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका  छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तीनकुनेमा गोली लागेकी रेविका भेट्न गृहमन्त्री अस्पतालमा, उपचार खर्च तिर्ने आश्वासन

गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। मंगलबार मन्त्री लेखकले सिभिल अस्पतालमा पुगेर उपचारत खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। मन्त्री लेखकलाई रेविकाले हात जोड्दै सुरुमा मेरो खुट्टा ठीक हुनुपर्‍यो र सरकारले आफ्नो भविष्य सुनिश्चित गरिदिनुपर्‍यो भन्दै आग्रह गरिन्। सोही क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री लेखकले आन्दोलनको क्रममा जतिपनि घाइते भएका छन् सबैको सरकारले निःशुल्क उपचार गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंको भिडियो सन्देशः भागेको होइन जोगिएको हुँ, मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छु

तीनकुनेको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले अर्को भिडियो सन्देश सार्वजनिक गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले आफु ‘भागेको’ नभइ ‘जोगिएको’ बताका छन्। उनले  आफू मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार रहेको पनि बताएका छन्। ‘म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु,’ उनी भन्छन्, ‘दुर्गा व्यक्ति होइन, एउटा विचार हो। म पेरुको गोन्जालो बन्न चाहन्न नेपालको लिडर बन्न चाहन्छु। नेपालीहरूलाई बचाउँन चाहन्छु।’ त्यस्तै उनले राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र कीर्तिपुरका सवारी मजदुर सविन महर्जनको परिवारलाई जनही ५/५ लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनाः आफूलाई ‘मेकानिकल इन्जिनियर’ बताउने शिशिर जिसी पक्राउ

चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्नहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। तीनकुनेमा प्रदर्शनमा अवान्छित गतिविधी गरेको आरोपमा बुधबार प्रहरीले थप एक जनालाई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आफूलाई मेकानिकल इन्जिनियर बताउने ३१ वर्षीय शिशिर जिसी रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनायो। कार्यालयको टोलीले पक्राउ गरेका जिसीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइने तयारी भएको छ। जिसी ललितपुरको मेरोसिटी अपार्टमेन्टबाट पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी दूतावासले भन्यो- अवैध तरिकाले अमेरिका पस्न खोज्दा ज्यान नै संकटमा पर्नसक्छ

नेपालस्थित अमेरिकी दूतावासले गैरकानुनी रुपमा अमेरिका पुग्ने बाटो निकै खतरनाक रहेकोले आफ्नो ज्यानलाई जोखिममा नहाल्न आग्रह गरेको छ। दूतावासले बुधकार सामाजिक सञ्जालमार्फत गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले सुरक्षा र जीवनलाई समेत जोखिममा पार्ने भएकोले यस्तो बाटो अनपनाउन आग्रह गरेको हो। दूतावासले भनेको छ, ‘आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैरकानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन्। यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन्, जसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई गगनको सुझावः भाषण गर्दै नहिँड्नुस्, शिक्षकको माग पूरा गर्नुस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ओली सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। रुपन्देहीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको रवैयाप्रति असन्तुष्टि जनाएका हुन्। उनले प्रधानमन्त्री र मन्त्रीहरू काम गर्न छोडेर उद्घाटन र भाषणमा केन्द्रीत भएको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘यो बिँड तातेरमात्रै हुँदोरहेनछ, ताप्के ताप्नुपर्छ । ताप्के भनेको नेतृत्व प्रधानमन्त्री हो। म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु। सुझाव दिइरहेको छु, झकझकाइरहेको छु, मद्दत पुर्‍याइरहेको छु। म भनेको कांग्रेस। तर परिणाम दिने कुरामा जिम्मेवारबोध सरकारको प्रमुखसँग हुनुपर्छ। सरकारले ठीक समयमा ठीक ढंगले काम गरेको भए अहिले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै बन्दैनथ्यो। अहिले पनि केही बिग्रिएको छैन। शिक्षक साथीहरूको माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा पठाउनुपर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ओली आउँछन्’ भनेर दमकलले पानी हालेर गुराँस फुलाइयो, गए प्रकाशमान

२४ घण्टा अगाडिसम्म प्रधानमन्त्री किन आएनन् भन्ने प्रश्नमा सरकारी पक्षहरू प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आउन नसकेको जवाफ दिन्छन्। उद्घाटन समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै भने, ‘प्रधानमन्त्रीज्यू कार्य व्यस्तताका कारण आउन सक्नुभएन।’ तर उनले भनेजस्तो वस्तुस्थिति भने देखिँदैन। महिनौँ अगाडिबाट प्रधानमन्त्रीको नाम जोडेर प्रचार गरिनुका साथै २४ घण्टा अगाडि मात्रै प्रधानमन्त्री आउने जानकारी गराउनुले पनि कार्य व्यस्तता भनिनु प्रथमतः नै मिल्ने अवस्था रहँदैन। खास गरी पर्यटन वर्षको उद्घाटन अपेक्षा गरिए अनुसारको हुने नभएपछि प्रधानमन्त्रीको आउने कार्यक्रम रद्द भएको हो। पर्यटन वर्ष उद्घाटन गरिएको ठाउँ गुराँसको राजधानी तेह्रथुम हो। विगतका वर्षहरूलाई हेर्ने हो भने यो मौसममा गुराँसले जङ्गल ढकमक्क ढाक्नुपर्ने हो। तर, यो वर्ष पानी पर्न नसकेका कारण गुराँस फूल्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम