बिएल संवाददाता
सुकुम्वासी बस्ती खाली गराउने सरकारको अभियानप्रति समर्थन गरिरहेका पूर्वसचिव भीम उपाध्यायलाई हर्क साम्पाङले अमर्यादित शब्द प्रयोग गर्दै गाली गरेका छन्।
सरकारको कदमविरुद्ध उत्रिएका श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले पूर्वसचिवलाई ‘ढेडुमुखे’ भन्दै गाली गरेका हुन्।
उपाध्यायले पूराना दलका नेतासँगै नयाँ भनिएको श्रसंपाका अध्यक्षको तस्बिर भएको फेसबुक पोस्ट पोस्ट सेयर गर्दै लेखेका थिए, ‘मर्दले यसरी काम गर्छ, नामर्दहरू यसरी रुन्छन्।’

उनको पोस्टमा पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली र हर्क साम्पाङ रोइरहेको देखाइएको एआई सिर्जित एउटा तस्बिर पनि थियो।तस्बिरमाथि लेखिएको थियो– ‘सुकुम्वासीको नाममा चल्ने राजनीतिको पसल बन्द भएपछि।’
यो पोस्टमा प्रतिक्रिया जनाउँदै साम्पाङले उपाध्यायलाई भनेका छन्, ‘तँलाई के थाहा छ गरिबको पीडा? मेलम्चीको घोटालामा मुछिएको ढेडुमुखे।’

हर्कको कमेन्टलाई भने मौन बस्दै पूर्वसचिव उपाध्यायले इग्नोर गरिदिएका छन्।
हर्क साम्पाङका कतिपय समर्थकले भने उनको छुद्र बोलीले पार्टीको प्रतिष्ठामा क्षति पुगिरहेको भन्दै बोल्नै शैली सिक्ने कक्षा लिन सुझाव दिएका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया