बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी राजाको पार्टी नभएको स्पष्ट पारेका छन्।
पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमअन्तर्गत शनिबार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरूको पार्टी भएको बताएका हुन्।
राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरू राजसंस्थाको पक्षपाती नभएको उनको भनाइ छ। लिङ्देनले राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी रहेको दाबी गरे।
‘राजा र राजसंस्था कुनै पार्टीको हुँदैन। राजसंस्थाको पनि कुनै पार्टी पनि हुँदैन। राजसंस्था कुनै पार्टी, संगठन र विचारभन्दा माथि छ,’ लिङ्देनले भने।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया