बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आन्तरिक विवादका सम्बन्धमा आफू निकटका नेताहरू तथा सरोकारवालाहरूसँग छलफल गरेका छन्।
आइतबार काठमाडौंस्थित विशालनगरमा रहेको आफ्नो सम्पर्क कार्यालयमा उनले नेपाली कांग्रेसले संसदीय दलको नेता अघि सार्न नसकी रहेको र पार्टीभित्र असन्तुष्टि बढिरहेको बेला आफू निकटहरूसँग छलफल गरेका हुन्।
छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल तथा जेनजी युवाहरू अभिजित अधिकारी र करिना पुरी सहभागी भएका थिए।
त्यसैगरी, छलफलमा शेखर पक्षका नेताहरू डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल पनि सहभागी भएका थिए।
छलफलमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक एकता तथा आगामी रणनीतिबारे विचार आदानप्रदान भएको जनाइएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया