
शेखर र गगनलाई महतको सुझावः अधिवेशन मंसिरमा हुँदैन, ‘म नै सभापति हुन्छु’ भन्दै नहिँड्नुस्
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको महाधिवेशन आगामी मंसिरमा हुन नसक्ने बताएका छन्। १५औं महाधिवेशनको तयारीका लागि हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा निस्केका महतले सप्तरी क्षेत्र नम्बर १ ले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट एवम् अन्तर्क्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले अहिलेसम्म कुनै तयारी नभएको र एक वर्ष थप गर्ने परम्परा अनुसार एक वर्षपछि भने महाधिवेशन गर्न सकिने उनले बताए। उनले भने, ‘आउँदो मंसिरमा अधिवेशन हुनेवाला छैन। किनभने त्यसको तयारी नै भएको छैन। सधैं एक वर्ष त थप्ने गरेकै छ। कम्तीमा एक वर्ष त थपिन्छ।’

बिएल संवाददाता - सप्तरी