बिएल संवाददाता
गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर गुरुङले राजीनामा दिएका हुन्।
राजीनामा दिँदै गुरुङले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर आजैका मितिदेखि लागू हुने गरी राजीनामा दिएको बताए।
बिचौलिया दीपक भट्टसँग व्यवसायिक साझेदारी देखिएपछि गुरुङ जबरजस्ती राजीनामा दिन बाध्य भएका हुन्।
सुधनलाई गृहमन्त्री बनेदेखि नै धक्का लाग्न सुरु भएको थियो। मन्त्री बनेको ११ दिनमै बरियतामा तल पारिएको थियो। मन्त्रिपरिषद् गठन हुँदा तेस्रो बरियतामा रहेका गुरुङलाई पाँचौं बरियतामा खसालिएको थियो।
सम्पत्ति विवरणमा सार्वजनिक गरेदेखि नै विवादित बनेका गुरुङ अन्ततः सपथ लिएको एक महिना नबित्दै गृहमन्त्रीबाट राजीनामा बाध्य भए।
अस्वाभाविक ८९ तोला सुन र सयौं रोपनी जग्गा सम्पत्ति विवरणमा देखाएका गुरुङले दीपक भट्टलगायत बिचौलियाहरूको कम्पनीबाट लिएको सेयर लुकाएका थिए।
उक्त प्रकरण बाहिरिएपछि राजीनामा लागि चौतर्फी दबाब बढेपछि छानबिनलाई सघाउन भन्दै गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया