बिएल संवाददाता
सम्पत्ति शुद्धीकरण कसुर अन्तर्गत अनुसन्धानका लागि नामुद बिचौलिया दीपक भट्ट पक्राउ परेपछि उनी जोडिएको आर्थिक अपराधमा नयाँ–नयाँ तथ्यहरू बाहिरिन थालेका छन्।
भट्टमाथि आर्थिक साम्राज्यमाथि छानबिन भइरहेका बेला उनको लगानीको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा अर्थसचिव डा. घनश्याम उपाध्यायले श्रीमती भगवती उपाध्यायको नाममा संस्थापक सेयर लिएको खुलेको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता अभिलेखमा दर्ता नं. ३०४३२०–७९/८० को सेयरवाला दर्ता किताब अनुसार भगवती उपाध्याय भट्टको कम्पनीमा संस्थापक सेयर धनीको रुपमा सातौँ नम्बरमा देखिएकी छन्।
उपाध्यायको नाममा १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता संस्थापक सेयर रहेको खुलेको छ। उच्च ओहोदाका कर्मचारीहरू र राजनीतिज्ञहरू नै आर्थिक प्रलोभनमा परेर विचौलियाहरूको अनियमिततामा जोडिनुले बालेन सरकारको सुशासनको अभियानमा गम्भीर धक्का लागेको विश्लेषकहरू बताउँछन्।
भट्टको वित्तिय अपराधको साम्राज्यमा अनुसन्धानको लहरो तान्दा पहरो गर्जिन थालेको छ। भट्टसँग उच्च ओहोदाका राजनीतिज्ञ, उच्च पदस्थ सरकारी कर्मचारी तथा नाम चलेका व्यापारी र व्यवसायीहरूको समेत साँठगाँठ खुलिसकेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर धनीहरूको आधिकारिक अभिलेखअनुसार कम्पनीमा कुल ४६ जना संस्थापक सेयर धनी देखिएका छन्। त्यसका अलावा केही चर्चित व्यक्तिहरूले समेत सेयर लिएको तथ्य बाहिरिएको छ।
गृहमन्त्री सुधन गुरुङ भट्टको कम्पनीमा साझेदार देखिएपछि राजीनामा दिन बाध्य भएका छन्।
त्यस्तै व्यवसायी एवं हिमालयन रि–इन्स्योरेन्सका सञ्चालक समितिका पूर्वअध्यक्ष शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक चरणको बयान लिइसकेको छ।
व्यापारिक घराना शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र उनका छोराहरूमाथि समेत अनुसन्धान जारी छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया