एनआरएनएका अनाधिकृत अध्यक्षलाई भेटेपछि ओलीले भनेः तपाईंहरू नै आधिकारिक
एनआरएनएको आधिकारिक एकता महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै अवैध अध्यक्ष बद्री केसी समूहको बिल्लीबाठ भएको छ। सोमबार सो समूह हारगुहार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेको छ। भेटमा प्रधानमन्त्री ओलीले एनआरएनएलाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिवद्ध रहेको बताए। भेटमा ओलीले एनआरएनएलाई गैर-राजनीतिक बनाई संसारभरका गैरआवासीय नेपालीलाई एकजुट बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताए। भेटमा प्रधानमन्त्री ओलीले ११औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएको उल्लेख गर्दै भने, ‘म आफैं कतिपटक तपाईंहरूको कार्यक्रममा सहभागी भएँ त्यसको मतलव नै तपाईहरू आधिकारिक हो। अब दशौं महाधिवेशनमा विवाद भएको हो, त्यो विवादबारेको फैसला ११औं महाधिवेशन भइसकेको थियो। पछिल्लो फैसलाले समेत ११औं महाधिवेशनलाई मान्यता दिइसकेको छ, अरू महाधिवेशन भयो भएनले अर्थ राख्दैन।’
बिएल संवाददाता - काठमाडौं