बिएल संवाददाता
नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइराला पक्षका नेताहरूले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई नै स्वीकार गर्ने निर्णय गरेको छ।
आइतबार कोइराला पक्षका नेताहरूको छलफलले सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निष्कर्ष निकालेको हो।
नेता शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा उनी बिना आज बिहान भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो। विराटनगरमा भएका कोइराला बैठकमा सहभागी नभए पनि उनीनिकट मानिने निवर्तमान उपसभापति धनराज गुरूङले छलफल राखेका थिए। छलफलमा पूर्वमहामन्त्री शशांक कोइरालासहित उनी पक्षका नेता तथा सांसदहरू पनि उपस्थित भएको बताइएको छ।
आजको छलफलमा निवर्तमान उपसभापति गुरूङ, पूर्वमहामन्त्री शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, चन्द्रमोहन यादव, सीता थपलियालगायत सहभागी थिए।
कोइराला दाजुभाइ पक्ष आज निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षले धुम्बाराहीमा राखेको छलफलमा सहभागी नहुने पनि निर्णय गरेको छ। कोइराला पक्ष हिजो खड्का निवासमा भएको छलफलमा पनि सहभागी भएको थिएन।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया