बिएल संवाददाता
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्।
सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरुमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथीको हस्तक्षेप भएको बताएका छन्।
विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्तता माथी नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ।
ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यो धृष्टतामा उपकुलपतिहरुले कसरी हस्ताक्षर गरे होलान् भनी प्रश्न गरेका छन्।
‘पञ्चायती निरङकुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूह्रुले कसरी हस्तक्षर गर्न सक्नु भयो होला?’
विद्यार्थी आन्दोलनमा केही समस्या देखिएको,मुलमुद्धाबाट दायाँबायाँ भएको तर शैक्षिक गुणस्तर वृद्धिका लागि क्याटलिस्ट बन्नुपर्नेमा मुल मुद्दाबाट बरालिए पनि संगठनलाई निषेध गर्नु समाधान नभएको उनको तर्क छ।
‘विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान होइन। समाधान त उनीहरुसँग संवाद,रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रुपान्तरण हो’ ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् ‘के तपाईं कपालमा चाया पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ?’

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया