बिएल संवाददाता
उत्तर कोरियाले ‘क्लस्टर वारहेड’ (झुप्पा बम)जडित उन्नत रणनीतिक ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको पुष्टि गरेको छ।
उक्त सैन्य अभ्यासको सर्वोच्च नेता किम जोङ उनले प्रत्यक्ष अवलोकन गरेका थिए। उत्तर कोरियाको सरकारी सञ्चार माध्यम (केसीएनए)लाई उद्धृत गर्दै क्योडो न्यूजले जनाएअनुसार, आइतबार गरिएको परीक्षणमा पाँचवटा ‘हवासोङ्फो–११’ जमिनबाट जमिनमा प्रहार गर्ने रणनीतिक ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरिएको थियो।
ती मिसाइलहरूले १३६ किलोमिटर टाढा रहेको निर्धारित लक्ष्यमा सटिक प्रहार गरेका थिए। उत्तर कोरियाको यो सैन्य गतिविधिलाई छिमेकी मुलुकहरूले नजिकबाट नियालेका छन्।
प्योङयाङले यी मिसाइलहरू जमिनबाट प्रहार गरिएको बताए पनि जापान र दक्षिण कोरियाका अधिकारीहरूले भने ती मिसाइलहरू सिनपो क्षेत्रबाट प्रहार गरिएको र तटीय स्थानका कारण ती पनडुब्बीबाट प्रहार गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार यस परीक्षणको मुख्य उद्देश्य रणनीतिक ब्यालिस्टिक मिसाइलमा प्रयोग गरिने क्लस्टर बम र फ्र्याग्मेन्टेसन माइन वारहेडको शक्ति र विशेषता प्रमाणित गर्नु थियो।
निरीक्षणका क्रममा नेता किमले आफ्ना वैज्ञानिकहरूको प्राविधिक प्रगतिको प्रशंसा गर्दै विभिन्न प्रकारका क्लस्टर वारहेडहरूको विकासले सेनाको आक्रमण क्षमतालाई अझ उच्च र सघन बनाउने विश्वास व्यक्त गरे।
हाल उत्तर कोरियाले हाइपरसोनिक मिसाइल, बहु–वारहेड न्युक्लियर मिसाइल र अत्याधुनिक पनडुब्बी हतियारहरू विकास गर्ने रणनीति लिएको छ। यी प्रविधिहरूको विकासलाई अमेरिका र दक्षिण कोरियाको मिसाइल प्रतिरक्षा प्रणालीलाई विफल पार्ने प्रयासको रूपमा हेरिएको छ।
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया