बिएल संवाददाता
सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर अभियोगमा थुनामा रहेका बिचौलिया दीपक भट्टसँग साझेदारी देखिएपछि गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएका छन्।
प्रहरी हिरासतमा रहेका भट्टसहित विवादास्पद शंकर अग्रवाल समूहको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गृहमन्त्री गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको खुलेपछि उनीमाथि राजीनामाको दबाब बढेको छ।
यी प्रकरणहरू बाहिरिएलगत्तै रास्वपा सभापति रवि लामिछानेको सचिवालयले सुधनलाई बुढानिलकण्ठ बोलाएको खुलेको छ। रविको बोलाहट पछि आइतबार राति नै गुरुङ रवि निवास पुगेका थिए।
रविले भट्टको कम्पनीमा लगानीबारे सुधनसँग सिधा स्पष्टीकरण सोधेका थिए। लगानीको स्रोत, भट्टसँगको निकटता र विवादबारे स्पष्ट पार्न भनेका थिए।
‘यसबारेमा म केही पनि बोल्दिनँ। कुराहरू बाहिरिएका छन्। यसलाई पार्टीले हेर्छ। अनुशासन समितिले काम गर्ला। अरु समिति बनाउन परे पनि बनाउँला। पार्टीमा जोडिनुअघि व्यक्तिले गरेका अनियमितता उसकै व्यक्तिगत हुन्छ। जो दोषी छ उ आफैं सजायको भागेदार हुन्छ, पार्टीले जिम्मा लिदैन। प्रकरण बाहिरिइसकेपछि तपाईंले चित्तबुझ्दो जवाफ त दिनुपर्यो नि,’ रविको भनाइ उद्धृत गर्दै बुढानिलकण्ठ स्रोतले बतायो।
रविले सुधनलाई राजीनामा बारे सोच्न पनि सुझाव दिएको खुलेको छ। निष्पक्ष छानबिनका लागि वातावरण बनाउनुपर्नेमा रविले सुझाव दिएका थिए।
’तपाईंले चलाएको सुशासनको अभियानको म पनि समर्थक नै हुँ। तर तपाईं आफैंमाथि यतिधेरै प्रश्नहरू उठेपछि स्पष्ट त पार्नुपर्ला नि? अनुसन्धानमा सघाउन केही समय लाभको पदबाट बाहिरिनुपर्ने पो हुन सक्छ कि? त्यसबारे सोच्दै गर्नुहोला,’ रविले सुधनलाई भनेका थिए।
रविसँग गुरुङले बिचौलिया भट्टसँगको सम्बन्धबारे खुलेरै चर्चा गरेका छन्। उनले हामी नेपालमार्फत समाजसेवाका क्रममा संस्थामार्फत जोडिएको र व्यक्तिगत सम्बन्ध नरहेको खुलस्त पारेका थिए। उनले शेयरमा लगानी कानुनी ज्ञानको अभावले भएको तर, आफूले जानीजानी कुनै पनि गलत कार्य नगरेको दाबी गरेका थिए।
रविले यसबारे आफूले भन्दा पनि पार्टीले धारणा बनाउने र पार्टीको निर्णय मान्नुपर्ने भनेका छन्। ‘निर्दोष देखिनुभयो भने फेरि स्थापित भइहालिन्छ नि। राजनीति हो यस्ता घुम्ती र ठक्करहरू अनेक आउँछन् जान्छन्,’ गुरुङलाई सान्त्वना दिँदै रविले भने।
गुरुङले पनि आफू पार्टीको निर्णय सहर्ष स्वीकार्न तयार रहेको स्पष्ट पारेका छन्। रविलाई भेटेर फर्किएपछि गुरुङ निकटस्थहरूसँग छलफलमा रहेको बुझिएको छ।
यता रास्वपाका केही सांसदहरूले सोमबार सभापति लामिछानेसँग छलफल गरेका छन्। स्रोतका अनुसार सांसदहरूले गुरुङमाथि धेरै प्रकरणमा प्रश्नहरू उठेकाले तत्काल राजीनामा दिए पार्टीमाथि लगातार भइरहेका प्रहार कम हुनसक्ने सुझान दिएका छन्।
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया