बिएल संवाददाता
नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्धा दर्ता भएको छ।
एक महिलाको जाहेरीका आधारमा प्रहरी वृत्त सातदोबाटाले गरेको अनुसन्धान अनुसार सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो।
आफू गीत गाउने पेसामा रहेको र सोही क्रममा साथीमार्फत कार्तिक २०८० मा मुगुको सोरु गाउँपालिका–१० धैनकोट घर भएका ५२ वर्षीय मल्लसँग चिनजान भएको पीडित महिलाको भनाइ छ।
त्यसपछि १२ चैत २०८० मा एकछिन भेटौं भनेर बोलाएको तर सुरुमा आफूले इन्कार गरेको उनको भनाइ छ। मल्लले केही हुँदैन भन्दै सम्झाएपछि भेट गरेको महिलाले बताएकी छिन्।
खाजा खाएकै होटलको कोठामा मल्लले आफूलाई जबरजस्ती करणी गरेको महिलाको दाबी छ। त्यसयता दुई वर्षसम्म निरन्तर जबरजस्ती करणी गरेको उनले बताएकी छिन्।
जबरजस्ती करणीबाट पेटमा गर्भसमेत रहेको अवस्थामा २ असार २०८२ मा मल्लले नै गर्भपतन गर्न लगाएको र त्यसपछि उनले आफूलाई उजुरी गरेमा ज्यान मार्नेसम्मको धम्की दिँदै निरन्तर मानसिक यातना दिने गरेको महिलाे बताएकी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया